मानविय हुलनै कोरोना सङ्क्रमणको वाधक नगर प्रमुख पाण्डे

भदौ,१४ कालिकोट      जिल्ला सदरमुकाम सहित जोडिएको खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले मानविय हुललाई रोक्न नसक्नु नै कोरोना सङ्क्रमण नियन्त्रणको वाधक भएको वताउनुभयो ।

 

छिमेकी जिल्ला जुम्लाको हिमा गाउँपालिकामा ब्यापक रुपमा देखा परेको कोरोना सङ्क्रमण कालीकोटको तिलागुफा नगरपालिका हुदै खाँडाचक्र नगरपालिका सम्म फैलिन सक्ने खतरा रहेको वताउनुभयो । उहाँले वजार क्षेत्र भएकाले मानविय हुललाई नियन्त्रण गर्न नसक्नु । सिमा जोडिएका जिल्ला तथा स्थानीय तहका नागरिक आफै सचेत भएमात्र सम्भव भएको भन्दै सबै भन्दा कोरोना नियन्त्रणको चुनौती मानविय कारण भएको वताउनु भयो ।

 

उहाँले प्रहरीको समेत निर्देशन नमान्ने लुकिछिपी एक देखि अर्को ठाउँमा आउजाउ गरिरहने, धार्मिक मेला रातारात सञ्चालन गरिरहने समाजका कारणले स्थानीय सरकारलाई कोरोना नियन्त्रण गर्न कठिन भएको गुनासो गर्नुभयो । वल प्रयोग कसलाई गर्नु सबै पढेलेखेका वुद्धिजिवी छन । उनिहरुले आफै थाह पाउनु पर्ने हो । तर वुझेर पनि नवुझे झै गरेकाले समस्या भएको वताउनु भयो ।

रास्कोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद आचार्यले नेपाल भन्दा वाहिरवाट आएका नागरिकका कारणले समुदायमा कोरोनाको जोखिम वढ्ने खतरा रहेकाले नियन्त्रणका लागि स्थानीय सरकारलाई समस्या भएको वताउनु भयो ।

क्यारेन्टाईन्मा राखेका नागरिकको भरपद्रो परिक्षण नभएकाले उनिहरु गाउँमा जाने र सबै संग लसपस हुने भएकाले सबैम कोरोना फैलने खतरा रहेको तर स्थानीय सरकारसंग परिक्षणको कुनै पनि साधन नभएकाले मानविय ब्यवहारकै कारणले जोखिम वढेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *