आपडेट-पहिरोले पाँच घर पुरिए एकै घरका चारको मृत्यु,

भदौ १४ कालीकोट       जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पाँच वटा घर भत्कीदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

नाग्म वजारमा संगै जोडिएका पाँच वटा स साना घर माथिवाट आएको पहिरोले पुरेपछि शुभकालिका गाउँपालिका वडा नं ७ का वर्ष ४० का परेक शाही सहित उहाँका दुई छोरा र एक छोरीको मृत्यु भएको हो । श्रीमती पुन्ने शाहीलाई भने घाईते अवस्थामा उद्धार गरिएको छ ।

किराना पसल गदै आएका शाही सहित उहाँका वर्ष पाँचका छोरा निराजन शाही, सात वर्षकी छोरी हिमा शाही र दुर्ई महिनाका छोरा अकल शाहीको शव स्काभेटरले निकालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी श्यामवावु ओलियाले सञ्चार सेवा नभएकाले पहिरोमा परेकाहरुको उद्धारमा कठिनाई भएको वताउनुभयो । उहाँले कुनै पनि फोन सेवा नभएकाले समयमा घटना स्थलमा प्रहरी जान नसकेको वताउनुभयो । मान्छे मार्फत जिल्ला प्रहरी कार्यालय जुम्लामा खवर भएपछि वल्ला आफुले जानकारी पाएर जिल्लावाट प्रहरी निरिक्षक यक्षराज जोसीको नेतृत्वमा टोली खटाएर उद्धार गरिएको वताउनुभयो ।

जुम्ला र कालीकोटको प्रहरी घटना भएको तीन घण्टा पछि घटना स्थलमा पुगेर पहिरोवाट शव निकालेको थियो । शिक्षक खगेन्द्र शाहीका अनुसार सात जना पुरुष, तीन जना वालवालिका र दुई जना महिला गरी १२ जना पुरिएको हुन सक्ने वताउनुभयो । मासु पसल सञ्चालन गदै आएका श्रीमान श्रीमती पनि त्यही रहेको र सबै गरी १२ जना हुन सक्ने हिसाव स्थानीयले निकालेका छन । स्थानीयले निकालेको तथ्यांक अनुसार तीन वालवालिकाको शव भेटिसकेको छ ।

एक महिला र एक पुरुषलाई घाईते अवस्थामा उद्धार गरिएको छ । एक पुरुषको शव निकालिएको छ । अव भने एक महिला सहित पाँच जना पुरुष पहिरो भित्रै हुन सक्ने आंशका गरिएको छ । घटना स्थल जुम्ला जिल्लाको सिमानामा पर्दछ । स्थानी र नाग्ममा रहेको प्रहरीले सुरुमा अर्जुन हमाल र पुन्ने शाहीलाई जिवितै उद्धार गरेर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा पठाएको थियो ।

कर्णाली राजमार्गको भित्ता  माथिवाट आएको पहिरोले घर पुरेको हो । पहिरोले घर पुरिदा कर्णाली राजमार्ग समेत अवरोध भएको छ । गएराती परेको पानीले आईतवार बिहान ८ वजे पहिरो झरेर वडा नं १ का लली नेपाली, मन्दीर कटुवाल, धनपति बिक र बिर भेरीकारका घर भत्कीएका हुन । नेकपाका नेता महेन्द्रवहादुर शाहीले वषौँ देखि कुनै पनि सञ्चार सेवा नभएका कारणले तिलागुफा नगरपालिका भित्रका नागरिकले दुःख पाउदै आएको वताउनुभयो ।

जुविथाको एक ठाउँमा मात्र मोवाईल सेवाका लागि टावर रहेको सो टावर पटक पटक बिग्रने भएकाले सञ्चार सेवावाट तिलागुफा नगरपालिका भित्रका नागरिक वन्चीत हुदै आएका छन । सञ्चार सेवा नभएकै कारणले आजको घटनाका वारेमा समयमा खवर नहुदा नागरिकले ज्यान गुमाउनु परेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *