उज्यालो नेपालका अभियान्ता घिसिङ हैनन् प्रचण्ड .जनार्दन शर्मा

यति बेला नेपाल विद्युत प्राधिकरणको महानिर्देशक नियुक्तीको बहसले निकै चर्चा पाएको देखिन्छ । सामाजिक संञ्जाल देखि पत्रकारका संञ्चार माध्यम र कलाकारहरुका गितहरुले पनि बिद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङकै पुन नियुतmीका लागी दवाब दिएको देखिन्छ । उनलाई उज्यालो नेपालका अभियान्ता लोड सेडिङ हटाएको भन्दै सामाजिक संञ्जालमा प्रशंसित बनेका कुलमान घिसिङको उचाइलाई कालिकोट जिल्ला समन्वय समितिका प्रमुख नेकपाका नेता अनिपाल शाहीले गलत भनेका छन । उनले बिहिबार एक स्टाटस् लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन ।

उनले आफ्नो स्टाटस्मा भनेका छन घिसिङलाई उज्यालो नेपालका हिरोको कथित उपाधि दिएर पुनः निरन्तरता दिनु पर्ने बिषयमा सामाजिक संञ्जाल भरिएको देख्दा अलिअलि हासो पनि लाग्यो र दुइ शब्द लेख्न पनि मन लाग्यो कसैको मुल्यांकनलाई अतिसयोक्तिपुर्ण ढङगले प्रचार गर्नु मनोगतबादिहरुको काम हो । पहिलो कुरा त कुलमान घिसिङ सरकारले बनाएका योजना कार्यान्वयन गर्ने कर्मचारी हुन बरु योजनालाई इमान्दारीतापुर्बक कार्यान्वयनमा लागे भन्दा मान्न सकिन्छ । उज्यालो नेपालका गुरु योजनाकार तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र प्रधानमन्त्री प्रचण्ड हुनु । उहाँहरुको सफलतालाई देख्न नचाहने र अध्यारोमा राख्न चाहने माफियाहरु का वरिपरिका शक्तिहरु घिसिङको पछि लागेको प्रष्ट देखिन्छ । जिम्मेवारी र हैसियत नचिन्नेहरु हल्लाको पछाडि दौडिन्छन । एउटाको भिजन अर्काले मेरो भन्नु चोरी हो ।कुलमानले गरेको गतिबिधि हेर्दा कमाएको इमान पनि आफै सक्दैछन ।

जिल्ला समन्वय प्रमुख अनिपाल शाहीको यो आधिकारी धारणाले यतिबेला पुन चर्चा पाएको छ । तत्कालीन सरकारका उर्जामन्त्री रहेका जनार्दन शर्माले तय गरेको नारा नै थियो “नेपालको पानी जनताको लगानी ”नारा दिएर शर्माले देसभर लोडसेडिङ अन्त्यको अभियान थालेका थिए नेपालको गरीबी नेपालको नदी नालामा बगेको पानीमा लगानी गरेर बिश्व बजारमा बिद्युत बेच्न सकिने उेद्देश्य राखेर कर्णालीकको कालिकोटमा रहेको फुकगार्ड खोला लगाएतका एक जिल्लामा एक बिद्युत योजनाको निति लिएका थिए ।

आज शर्मा सरकार बाहिर छन । शर्माको भन्दा चर्चा कुलमानको हुनुमा सामाजिक संञ्जालमा चर्चा दुबै धारणाले उत्तिकै बजार पाएका छन , तर कुलमान घिसिङ राज्यका कर्मचारी हुन लामो समय बिद्युत प्राधिकरणमै जागीर गरेको घिसिङको लोडसेडिङको नारा भएको भए त्यस अघि उनले आफ्नै मातहतको तहमा पनि किन सुशासन ल्याउन नसकेका हुन भनेर पनि कतिले धारणा ब्यतm गरेका छन । तत्कालीन उर्जा मन्त्री जर्नाधन शर्माले समालेको मन्त्रालयको योजना कार्यन्वयनमा भने कुलमानले सघाएको प्रति समन्वय प्रमुखअनिपाल शाहीले प्रशंसा गर्नु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *