नेकपा सचिव शाहीकाे जन्मदिनमा अस्पतालका बिरामीलाई फलफूल वितरण

भदौ १२ कालिकोट :  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कालिकोटका सचिव नगिन्द्र शाही नेशनलले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पतालमा बिरामीलाई फलफूल वितरण गरेका छन् ।

 नेकपाका कर्णाली प्रदेश कमिटिका सदस्य समेत रहेका युवा नेता शाहीले जन्मदिनको अवसरमा जिल्ला अस्पतालमा पुगेर बिरामीको स्वास्थ्यलाभको कामनासहित स्याउ, केरा र फ्रुटी वितरण गरेका छन् । उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको बताए ।

प्रायजसो मानिसहले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन् । तर, नेकपा नेता शाहीले आफ्नो जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरी मनाए ।

उनले आफ्नो जन्मदिनको दिन बिरामीहरुको सेवा गर्ने उद्देश्यले अस्पतालमा मनाएको बताए । आफ्नो जन्मदिन बिरामीको सेवा गरेर मनाउँदा निकै खुसी लागेको बताए । फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीले नेता शाहीलाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *