युवा नेता गोगन बहादुर मल्लद्वारा २५० घरलाई खाद्यान्न सहयोग

भदौ ११, कालिकोट /  कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य गोगन बहादुर मल्ल (युनाइटेड) ले कोरोना भाइरस को महामारी का कारण जनजिवन प्रभावित भयका आफ्नो वडा खाडाचक्र नगरपालिका वडा न. ८ बाशिका समस्या लाई मध्यनजर गर्दै सुर्खेतमा रहेको कोपिला भ्यालि सेवा समाजको सहयोगमा २५० घरधुरी लाई खाद्यान्न सहयोग गर्नुभयको हो ।

 

सहयोग भइ आयको खाद्य सामाग्री कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वडा न. ८ का बासिन्दालाई वडाको बजारक्षेत्र सेरावाडामा सामाजिक दुरि कायम गर्दै २५० घरधुरी प्रतेकलाइ २० Kg का दरले उक्त चामल बितरण गरियको छ । उक्त खाद्यान्न बितरण कार्यक्रममा नेकपा का जिल्ला कमिटि सदस्य तथा नेकपा खाडाचक्र नगर कमिटी सचिव धनलाल अधिकारी (बिहानि), नगर कमिटी सदस्य तथा नेकपा वडा न. ८ कमिटी सचिव पुर्ण बहादुर मल्ल, अनेरास्ववियू जिल्ला कमिटी सदस्य खगेन्द्र मल्ल, वडा जनप्रतिनिधि किष्न बहादुर मल्ल, वडाका नेकपा निकट शिक्षक संगठन कालिकोट जिल्ला कमिटी सदस्य मनराज मल्ल , युवा समाजसेवी तिल बहादुर मल्ल लगायतको उपस्थिति मा उक्त खाद्य सामाग्री २५० घरधुरी प्रतेकलाइ बितरण गरियको हो ।

 

उक्त खाद्यान्न राहत पायपछि स्थानिय खुसि भयका छन । स्थानिय भन्छन युवानेता मल्लले ठूलो गुन लगाउनु भयो यतिबेला को बढ्दो महामारी का बेला थोरै भयपनि हाम्रा लागि ठूलो सहयोग भयको छ । यस्तो महामारीका बेला लगायको गुन हामी बिर्सने छैनौ । तेस्तै नेकपाका खाडाचक्र नगर कमिटि सचिव धनलाल अधिकारी भन्नुहुन्छ हामिले लगभग वडा का सबै घरधुरी लाई खाद्य राहत सामाग्री बितरण गरेका छौ यतिबेला वडाका दलित,बिपन्न, लगायत सम्पुर्ण लाई गरि २५० घरधुरी लाई खाद्यान्न बितरण गरेका छौ ।

 

यसअघि पनि हामिले अति बिपन्न ८ घरधुरी प्रतेक लाई ३० Kg का दरले चामल ४ किलो का दरले दाल २ पाकेट का दरले तेल साबुन, ब्रस, कोलगेट लगायतका सामाग्री दिनुका साथै खाडाचक्र नगरपालिका वडा नम्बर ८ (आठ) कै जनतालाई युवा नेता मल्लको पहलमा कोपिला भ्यालि सेवा समाजले सहयोग गरेको स्वास्थ्य सुरक्षा सामाग्री १ हजार १ सय पिस पुन प्रयोग गर्न मिल्ने माक्र्स र १ हजार १ सय पिश (रु ४० पर्ने) लक्स साबुन बितरण गरिसकेका छौ । र खाद्यान्न सहयोग पाउन बाकि रहेका केही जनता हरुलाइ अर्कोपटक उपलब्ध गराउने तयारि भइरहेको नेता अधिकारीले बताउनुभयो ।

तेस्तै अनेरास्ववियूका जिल्ला कमिटी सदस्य खगेन्द्र मल्लले भने युवा नेता गोगन बहादुर मल्लको यो कदम उदाहरणीय रहेको छ । उहाकै कारण वडा बासिले राहत सामाग्री पायका छन देशमा यस्तै सक्रिय नेता हरूको खाचो छ ! उहाकै विशेष पहलमा यसअघि मारवाडि सेवा समिति काठमाडौंको सहयोगमा खाडाचक्र नगरपालिका का झण्डै २२ हजार जना नागरिक लाई पुग्नेगरि रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने होमियोप्याथिक औशधि नगरपालिका लाई उपलब्ध गराउनु भयको थियो तेस्तै उहाकै विशेष पहलमा कोपिला भ्यालि सेवा समाज सुर्खेत को सहयोग मा यसअघि खाडाचक्र नगरपालिकाका ११ वटै वडाका स्वास्थ्य शाखा लाई २२ थान पिपिइ सहयोग गर्नुभयको थियो ।

 

यस्तो महामारीको समयमा मल्लले कालिकोटका लागि खेल्नुभयको भुमिका अतुलनीय छ। यसर्थ युवा नेता युनाइटेड प्रति हार्दिक नमन संगै गरिव दिन दु:खिको सहारा बन्दै कालिकोट तथा खाडाचक्र नगरपालिका भित्रका बिवन्न परिवारका चुल्होमा आगो बाल्न सहज गरिदिनु भयको मा सेवा समाजका अध्यक्ष आदरणीय ब्याक्तित्व गरिव, दिनदुखि, बेसहारा, तथा हजारौं हजार टुहुराका बा टोपबहादुर मल्ल लगायत उहाको टिम लाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नुभयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *