पचालझरनामा सहिदहरुको सम्झनामा पार्क

भदौ,११कालिकोट    जिल्लाको पचालझरना गाउँपालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा पार्क निमार्ण गरेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा बढि जमिनमा सालिक बनाएर पार्क निर्माण गरेको हो ।

 

आर्थिक वर्ष २०७६ मा पचालझरनाको १५ लाख र कर्णाली प्रदेश सरकारको २५ लाख गरी ४० लाख र श्रमदान १५ लाख गरी ५५ लाखमा १३ जना जनयुद्धका सहिदहरुको सालिक बनाउने काम सम्पन्न भएको पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिनुभयो ।

 

जिल्लामा सबैभन्दा पहिलो पटक जनयुद्धका सहिदहरुको सम्झनामा पार्क बनाउने पचालझरना गाउँपालिका रहेको उहाँले बताउनुभयो । जिल्लाकै नमुना पार्कका रूपमा रहेको सहिदपार्कमा वडा नं १ देखि ९ सम्मका जनयुद्धमा शहादत गर्ने १ जना सहिदहरुको परिचय खुल्ने विवरण सहितको सालिक बनाइएको छ

पछिल्लो भागमा १२ जना सहिदहरुको अर्धकदमा क्रमस वडा नं १ देखि शुरु गरिएको छ भने अघिल्लो भागमा हर्ष बहादुर शाहीको पूर्ण सालिक बनाइएको छ ।पचालझरना गाउँपालिकामा ४६ जना सहिदहरु रहेको पचालझरना गाउँपालिका अध्यक्षले बताउनु भयो।

 

त्यो ठाउमा पर्यटकहरुले एक पटक हेरेर जानै पर्ने मनमोहक पर्यटकिय क्षेत्रका रुपमा रहेको सहिद पार्कको काखमा कंर्णाली नदिको किनारमा बनेको पार्क नेपालको ३ सय ८१ मिटर अग्लो पचालझरना प्रवेश गर्ने लाफा गाउँ पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बनेेेेेकाे अध्यक्षले न्युज रारालाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *