पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाले खुलाए करिडोर

न्युज रारा संवाददाता भदौ,१०कालीकोट      जिल्लाको पलाँता गाउँपालिका र पचालझरना गाउँपािलका मिलेर कर्णाली करिडोरको पहिरो पञ्छाएपछि ११ किलोमिटर सडक सञ्चालनमा आएको छ । लगातारको पहिरोका कारणले निमार्णानिध कर्णाली करिडोर अवरोध भएको २७ दिन पछि दुई वटा स्थानीय सरकारको पहलमा ११ किलोमिटर सडक सञ्चालनमा आएको हो ।

 

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर बम र पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले आ आफ्नो गाउँपालिका वाट भुक्तानी दिने गरी स्काभेटर लगाएर ठाउँठाउँको पहिरो हटाएपछि करिडोरको ११ किलोमिटर सडक सञ्चालनमा आएको छ । वाढीले फुगाढमा नेपाली सेनाले वनाएको वेलिबृज पुल समेत वगाएको थियो ।

 

 

अहिले त्यो ठाउँमा ढुङगाको सोलिङ मिलाएर यातायातका साधन चलाउन मिल्ने वनाईएको छ । कर्णाली करिडोर निमार्ण नेपाली सेनाले गरिरहेको छ । नेपाली सेनाले मौसममा सुधार नहुदा सम्म अवरुद्ध सडक नवनाउने भएपछि स्थानीय सरकारले आफ्नो क्षेत्रमा पर्ने सडक आफै मर्मत गरेर सञ्चालनमा ल्याएका छन । करिडोरकोको जितेवजार वाट सान्तीघाट वजार सम्मको १६ किलोमिटर सडक वनेको छैन ।

 

 

सान्नीत्रिवेणी गाउँपालिका भित्र पर्ने सडक वनाउन गाउँपालिका पनि तयार नभएन र नेपाली सेनाले पनि अहिले वनाउन नसक्ने वताएपछि त्यो खण्ड पुर्ण रुपमा अवरोध छ । नेपाली सेनाले मौसममा सुधार भएपछि वनाउनु भन्ने माथिको आदेश कुरेर वसेको छ भने सान्नीत्रिवेणी गाउँपालिकाले नेपाली सेनाले हस्तान्त्रण नगरेको सडक उसैले वनाउनु पर्ने भन्दै वसेको छ । यसको मारमा स्थानीय नागरिक र ब्यापारी परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *