कर्णाली नदिमा बगेर दुई बालक बेपत्ता

कालिकोट भदौ,९ गते । दैलेख जिल्लाको आठबिस नगरपालिका ४ भेल्तडीमा बाख्रा चराउन बन गएका दुई बालक कर्णाली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

 

दैलेखको आठबिस नगरपालिका वडा नः ४ का १४ वर्षीय भरत माझी ,१३ वर्षीय विनोद माझी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

 

जिल्ला प्रहरीका कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरि बहादुर वलीले बेपत्ता भएका बालकको खोजी उद्दारमानेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको बताउनुभयो ।

 

उहाँले प्रहरी चौकी कर्णाली,पाल्तडा,तल्लोडुगेश्वर बाट प्रहरी परिचालन गरिएको र पाल्तडामा रहेको सशस्त्र प्रहरी बाट एक टोली परिचालन गरेको बताउनुभयो ।खोजी गर्न समन्वय गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *