पलको सहयोग कालिकोटका ४० घर बाढी प्रभावितलाई

भदौ,८कालिकोट  कालिकोट जिल्लामा  पुगेर बाढी पहिरो प्रभावितलाई नायक पल शाहले सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो ।

 

कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षती भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर आफ्नो टिम कालिकोट पुगेको पलले बताए ।

 

उनीहरुले बाढी पहिरो प्रभावित ४० घर परिवारलाई खाद्यान्न, लत्ता कपडा वितरण गरेकाहुन । नायक पल शाहले विभिन्न दुख झेल्दै आफूहरु कालिकोट पुगेको बताए । उनले भने–‘एकातिर कोरोनाको कहर, अर्कोतिर बाढी पहिरोले विग्रिएको सडक, कालिकोटसम्म आइपुग्न सहज थिएन ।

कष्टकर यात्रा भएपनि कोरोनापछि पहिरोको समस्याले नागरिकहरु विपद्मा परेपछि हाम्रो टिम कालिकोट पुगेको उनले बताए ।
पलले कालिकोटका नागरिकको पीडा महशुश गरेर आफूहरु कालिकोट यहाँ आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *