कालिकोट बाढि पहिरो पिडित लाईअमेरीकामा राहत संकलन

भदौ,८ कालिकोट    कालिकोट जिल्लाको विभिन्न भूभागमा अविरल वर्षाका कारण गएको बाढी पहिरो पिडितका तत्कालका समस्यालाई मध्यनजर गर्दै तत्कालिन नेपाल तरूणदल कालिकोटका अध्यक्ष हाल जन सम्पर्क समिति अमेरिकाको विस्किन्सन च्याप्परका उपसभापति राजकुमार हमालको पहल तथा बुद्धि सागर सुबेदी,लक्ष्मण खड्का,बाशुदेव अधिकारी लगायतको विशेस पहलमा राहत संकलन गरियको छ ।

 

गैरआबासिय नेपालि संघ अमेरिकाका उपाअध्यक्ष बुद्धि सागर सुबेदीका अनुसार कालिकोट जिल्लाका विभिन्न भुबागका बाढि पहिरो पिडितको सहयोगार्थ जम्मा गरियको रकम रू १४८३ डलर ९अनुमानित रू १,७०,०००० रहेको र उक्त रकम कालिकोट जिल्ला नेपाली कांग्रेसका प्रभावहाली यूवा नेता भुपेन्द्र जंग शाही र जिल्ला सभापती हर्ष बम लगायतका नेताहरू द्वारा हस्तान्त्रण गरिने पलपलखवरलाई जानकारी गराय ।

 

कालिकोट जिल्लाको भौगोलिक परिवेशलाई विगतमा कामको सिलसिलामा आफ्नै आँखाले निहालेका र स्पर्ष गरेका सुबेदि कालिकोटमा शिक्षण पेशामा ३ वर्ष सम्म जिल्लाको हाल तिलागुफा नगरपालिकामा रहेको सत्यदेवि मा।वि जुविथामा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *