कालिकोटमा ५८ सौर्य वत्ती जडान सडक झिलि,मिली

भदौ,७ कालकोट    कालीकोट जिल्लामा बिद्युत सेवा वन्द भएको एक महिना वढी भयो । सान्नीघाट पोत्मारा पावर हाउसमा आएको पहिरोले बिद्युत अवरोध हुदा कालीकोट सदरमुकाम मान्म देखि रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिका पुरै अध्याँरो छ ।

 

नागरिकका घरमा वत्ती नभएपनि जिल्लाको खाँडाचक्र नगरपालिकाले भने सडकमा सौर्य वत्ती जडान गरेर आफ्नो नगरपालिका भित्रका सबै सडक झिलिमिली पारेको छ । कर्णाली प्रदेशको समपुरक वजेट र नगरपालिकाको आफ्नो श्रोतवाट सौर्य वत्त जडान गरिएपछि मान्म वजार झिलिमिली देखिन थालेको छ ।

 

खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खड्कप्रसाद उपाध्यायले सदरमुकाममा धेरै बिभिन्न क्षेत्रका नागरिकको आउजाउ हुने र रातीको समयमा सडक पुरै अध्याँरो देखिदा राम्रो सन्देश नजाने भएकाले पनि सडकमा सौर्य वत्ती राखिएको वताउनुभयो । उहाँले अध्याँरोमा अपराधी क्रियाकलाप हुने वाहिरवाट आएका नागरिक माथि अभद्र ब्यवहाुर हुन सक्ने खतरालाई केन्द्रीत गरेर नगर कार्यापालिकाको निर्णय अनुसार सडकमा वत्ती जडान गरिएको वताउनुभयो ।

 

 

प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले विद्युत भएकै वेला निर्णय भएकाले नागरिकको सहजका लागि सडक वक्ती खरिद गरिएको अहिले आएर सडक भन्दा घरमा वत्तीको आवस्यक भएको सुनाउनुभयो । नागरिकलाई वत्ती दिने कर्तब्य नेपाल बिद्युत प्राधिकरणको भएकाले नगरपालिकाले सडक क्षेत्रलाई सुन्दर र रातीको समयमा पनि नागरिक काम बिषेशले विना चिन्ता आउजाउ गर्न पाहोस भएर सौर्य वत्ती जोडिएको वताउनुभयो ।

 

नगरप्रमुख जसिप्रसाद पाण्डेले वजारमा सिसि क्यामरा राखिएको तर वत्ती नभएर कुनै पनि फुटेज हेर्न समस्या हुने भएकाले सडक वक्ती अनिवार्या भएकै कारणले नगरका सबै वजारमा जडान गरिएको वताउनुभयो ।

 

नगरप्रमुख पाण्डेका अनुसार मान्म सदरमुकाम संगै हुल्म वजार, सेरावाडा, पिली, मोल्फा, तेस्रो वजार, लगाएतका सबै वजार क्षेत्रलाई सौर्य वत्ती केन्द्रीत गरिएको छ । नगरपालिकाले पहिलो पटक ५८ वटा सडक वत्ती खरिद गरेर मुख्य वजार र मुख्य क्षेत्रमा जडान गरेको छ भने अर्को वर्ष साहयक सडक र वजारका भित्री वत्तीमा पनि जडान गर्ने जनाएको छ ।

 

सडकमा वत्ती वल्न थालेपछि वजारमा हो हल्ला पनि कम भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक यक्षराज जौसिले वजारमा उछिङखल्ता देखाउने युवाको अव पहिचान गर्न पनि सजिलो भएको वताउनुभयो । उहाँले वक्ती जोडेदेखि उनिहरुको इलाका वजार भन्दा पनि वजार वाहिरका कुना काप्चा भएको वताउनुभयो ।

 

अव सजिलो छ । वजारमा नगरपालिकाले सिसि क्यामरा पनि पहिला नै जडान गरेको र हाल आएर सौर्य वत्ती जोडेपछि अपराधी कियाकलापमा कमि आउने प्रहरीको बिश्वास छ ।