काेभिड १९ सम्बन्धि २ दिने शिक्षण कार्यक्रम सम्पन्न

भदौ,६कालिकाेट ।    जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघकाे मानव अधिकार तथा काेभिड१९ सम्बन्धि २ दिने अनुशिक्षण कार्यक्रम बिहिवार सम्पन्न भएकाे छ ।

 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकाेटकाेे अायाेजना र नरहरिनाथ गाउँपालिकाकाे समन्वयमा कार्यक्रम सामाजिक तथा भाैतिक दुरी कायम गर्दै कार्यक्रम सम्पन्न भएकाे हाेे । साे कार्यक्रमका जिल्ला परियाेजना संयाेजक चित्र बहादुर बिश्वकर्माकाे सभाध्यक्षतामा अायाेजना गरिएकाे थियाे ।

 

गाउँपालिकाका अध्यक्ष धीर बहदुर बिष्टकाे प्रमुख अाथित्यता र उपाध्यक्ष तथा न्यायिक समिति संयाेजक मनशाेभा बुढाकाे विशेष अाथित्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । विश्वभरी फैैलिएकाे काेभिड १९ राेगकाे राेकथाम र यसबाट बच्नका लागि समुदाय स्तरमा जनचेतना फैलाउदै मानव अधिकारका सवालमा सशक्त भएर लाग्न गाउँपालिकाकामा निर्वाचित दलित तथा गैर दलित जनप्रतिनिधिहरु, पालिका स्तरीय मानवअधिकार पैरवी सञ्जालका सदस्यहरु, राजनीतिक दलका नेताहरुलाई २ दिने साे बिषय सम्बन्धि अनुशिक्षण गरिएकाे साझा अावाज परियाेजनाका फिल्ड अधिकृत कृष्ण तिरुवाले जानकारी दिनुभयाे ।

 

कार्यक्रममा अागामी दिनमा मानवअधिकार अधिकार तथा प्राकृतिक विपत्तिमा याे संस्थासँग साझेदारी गर्दै मानव समुदायकाे हितकाे लागि काम गरिने अाएनएफ कालिकाेटका टिम लिडर खड्क बिश्वकर्माले सँगै सहकार्य गर्नुकाे कुनै विकल्प नरहेकाे बताउनु भयाे ।

 

 

कार्यक्रमका सहभागीहरुले अागामी दिनमा समाजमा घट्ने मानवअधिकार उलङ्घनका घटनाहरु हुन नदिनका लागि प्रतिबद्ध भएर लाग्नेे सहभागीहरुले अठाेट समेत गरेका छन् । करिब ३ बर्ष यता साझा परियाेजनाले कालिकाेटकाे नरहरिनाथ गाउँपालिकाकाे स्थानीय सरकारसँग सहकार्य गर्दै मानव अधिकारकाे बारेमा व्यापक वकालत गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *