रास्कोटमा सुत्केरी महिलाको मृत्यु,

भदौ ५ कालिकोट     जिल्लाको रास्कोट नगरपालिका वडा नं २ मा सुत्केरीको मृत्यु भएको छ । बिहवार राती घरमै सुत्केरी हुदा छोरा जन्माएकी २८ वर्षिया सिरा सार्कीको अत्याधिक रगत वगेका कारण बिहान तीन वजे मृत्यु भएको उहाँका जेठाजु हरसिहं सार्कीले वताउनुभयो ।

 

रास्कोट नगरपालिका वडा नं दुईका रंगे सार्कीको चौथो सन्तानका रुपमा छोरा जन्मेको थियो । सुत्केरी ब्याथा लागेपछि उहाँका श्रीमान रंगे सार्की स्वास्थ्य चौकी लैजान महिला स्वास्थ्य स्वयमसेविका कहाँ गए । स्टेचर ल्याएर घर पुग्दा छोरा जन्मी सकेको थियो । सबै खुसि भए ।

 

आफै वच्चाको नावि काटेकी सिरा सार्की केही समय पछि उठ्न नसक्ने भईन । तत्काल उपचारका लागि स्वास्थ्य चौकी सेरा पुगाए । धेरै रगत वगिरहेकाले स्वास्थ्यक्रर्मीले रास्कोट सामुदायिक अस्पताल लैजान भने ।

 

रास्कोट सामुदायिक अस्पतालमा एक वोटल सलाईन चडाउदै गर्दा अवस्था गम्वीर भएकाले जिल्ला अस्पताल ल्याउने तयारी हुदै गर्दा वुहारीको मृत्यु भएको मृर्तकका जेठाजु सार्कीले वताउनुभयो । मृर्तक सार्कीका यस भन्दा अगाडी दुई छोरी र एक छोरा छन । चौथौ सन्तानका रुपमा छोरा जन्मीयो । तर सिरा भने वच्न सकिनन । उहाँको आजै अन्तीस्टी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *