परीक्षामा मनोमानी भएपछि छानविन समिति गठन

कालीकोट, भदौ ५ गते ।    कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा काराहरमा अनमी नियुक्ती गर्नका लागि साउन ९ गते सुचना प्रकाशित भयो । सात जना अनमीका लागि बिज्ञापन गरिएको थियो ।

 

साउन २६ गते लिखित परीक्षा पनि भयो । २८ गते अन्तरवार्ताका लागि समय तोकिएको थियो । अन्तरवार्ताका लागि योग्य मानिएका उम्मेदवारवाट संका उत्पन्न भएपछि परीक्षामा मनोमानी भएको भनेर आवाज उठ्यो र अन्तरवार्ता स्थगित भएको छ । लिखित परीक्षामा मनोमानी भएको प्रमाणित भएपछि छानविन समितिको गठन गरिएको छ ।

 

विवादका बिचमा पनि आयोजक नगर स्वास्थ्य शाखाले परीक्षा लिन खोजेपनि नगरपालिकाले हस्तक्षप गरेर परीक्षा स्थगन गराएको छ । तर नगर स्वास्थ्य शाखाले आफु अनुकुलकालाई पास गराउन प्रश्नपत्र पहिला नै आउट गरेको रहस्य खुलेको छ । सत्यतथ्य सार्वजनिक गर्नका लागि नगरपालिकाले नं आठ का वडाअध्यक्ष तिलक न्यौपानेको सयोजकत्वमा एक छानविन समिति गठन गरेको छ । छानविन समितिमा वडा नं छ का अध्यक्ष धर्मराज शाही, पाँच टिकाराम न्यौपाने, वडा नं दशका अध्यक्ष मुनवहादुर थापा र सदस्य सचिवमा प्रशासन अधिकृत नरजङग शाहीलाई तोकेर प्रश्नपत्र वाहिर लिने समुहको पहिचान गर्न समितिको गठन गरिएको छ ।

 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय लक्ष्मण चौलागाईले सुरुमा आफुलाई थाह नभएको भएपनि अन्तमा वदमासि गर्ने मान्छे आफुलाई जानकारी भएकाले छानविन समितिको प्रतिवेदन आउन दिन अनुरोध गर्नुभयो । अधिकृत चौलागाईले समाचार नवनाउन समेत आग्रह गर्नु भयोे । आफुलाई अन्याय लागेकाले तत्काल परीक्षा स्थगित गरेको वताउनुभयो ।

 

 

कोरोनाको त्रास कायमै रहेको भन्दै आफुले अन्तरवार्ता लिन नसक्ने भनेर परीक्षा स्थगन गरेको चौलागाईले वताउनुभयो । तर प्रश्न पत्र कसरी कसले वाहिर आउट गर्यो भनेर भन्न नसकेपनि नगर स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र शाही प्रति सबैले संका गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *