नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को,
कालिकोट भदौ ५ कालिकोटमा नेकपाको पकड रहेको खाँडाचक्र नगरपालिकाको सेरीब्युराकोटी टोल नै कांग्रेसमा प्रवेश ।। जिल्लकाको खाँडाचक्र नगरपालिका वडा नं२ सेरीब्युराकोटी टोलका १ सय ५० जना नेकपाका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेकपाको सरकार र पार्टीबाट जनअपेक्षाठ अनुसार काम नभएको, भ्रष्टाचार मौलाएको भन्दै खाँडाचक्र नगरपालिका वडा नं २ सेरीब्युराकोटी टोलका १ सय ५० जना नेकपाका नेता तथा कार्यक्रता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली कांग्रेसका महासमिति सदस्य, २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा युवा नेता भुपेन्द्रजंग शाहीले खाँडाचक्र नगरपालिका वडा नं २ सेरीब्युराकोटी टोल नै काँग्रेसमा प्रवेश गराएका हुन ।
प्रवेश हुनेहरुमा नेकपाका नेता ललित विक, धिरज बिक, पदम बिक, सुरज बिक, बिर्जित विक, प्रेम बिक, अम्म बिक, अबिलाल बिक सहित १ सय ५० जना नेता तथा कार्यकर्ता छन् ।
नेकपाको पकड रहेको गाँउनै नेपाली काँग्रेसमा प्रवेश बनाउदै काँग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले नेकपाको सरकारले गरेको गलत काम र राष्टघातका कारण जनताहरु आजित भएर काँग्रसमा प्रवेश गर्न थालेको बताए । उनले कालिकोट पनि अब काँग्रेसमय बन्ने दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता पदमबहादुर शाही, पुर्व जिविस सभापती कटकबहादुर शाही, कांग्रेस नेता कालिबहादुर शाही, मानबहादुर शाही, गगन बिक, तुल विक, केशव बिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।