कोरोना भाइरस नेपालः ४१ जिल्लामा निषेधाज्ञा,

भदौ ५ कालिकोट      कोरोनाभाइरस सङ्क्रमणलाई लिएर काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा बुधवार राति १२ बजेदेखि निषेधाज्ञा कार्यान्वयनमा आएको छ।

 

गृह मन्त्रालयका अनुसार हाल देशका आधाभन्दा बढी जिल्लाले निषेधाज्ञा जारी गरेका छन्।

काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लासहित बिहीवारसम्म ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए।

 

सङ्घीय सरकारले देशव्यापी लकडाउनलाई साउन पहिलो हप्तादेखि खुकुलो पारेपछि सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा उल्लेख वृद्धि देखिएको छ।

 

परिवर्तन
धेरै सङ्क्रमित देखिन थालेका जिल्लामा सङ्घीय राजधानी काठमाण्डू पनि रहेको छ।

कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले विभिन्न गतिविधि गर्नरगराउन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जारी गरेको आदेशमा उल्लेख गरिएको छ।

 

जनस्वास्थ्यविद्‌हरू ुट्रान्समिसन चेन ब्रेकु गर्न अर्थात्‌ सङ्क्रमण सर्ने बाटो रोक्नका लागि निषेधाज्ञा वा लकडाउन राम्रो विकल्प भए पनि हालसम्म अपनाइँदै आएको रणनीतिमा केही परिवर्तन ल्याउनुपर्ने सुझाउँछन्।

 

पूर्वस्वास्थ्य सचिव डा। शेनेन्द्रराज उप्रेती भन्छन्, ूकेही हदसम्म आर्थिक गतिविधिलाई पनि निरन्तरता दिँदै हामीले ठाउँविशेष रणनीति अख्तियार गर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *