कालिकोटमा निषेधाज्ञा

कालिकोट भदौ ५ गते । कालिकोटमा कोरोना समुदाय स्तरमा फैलिन थालेपछि पाँच दिन निषेत्राज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रबार राती १२ बजेदेखि भदौ १० गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो । कोरोना भाइरस (कोभिड(१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।

 

संक्रमण फैलिन नदिन सजगता अपनाउन सचेतनामुलक कार्यक्रम र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए । उनका अनुसार बिहिबार मात्र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा जिल्लाको तिलागुफा नगरपालिका नाक्मा बजारका स्थानिय पाँच जना र सुर्खेतमा परिक्षण गरिएका भारतबाट आएका खाँडाचक्र नगरपालिका वडा नं. १ का २ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञा जारी गर्नु परेको हो ।

 

नेपालीको मुख्य चार्डपर्व नजिकिँदै गर्दा हुने भीडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन सजकता अपनाईएको छ । शुक्रबार नेपाली हुन्दु नारीहरुको महान चार्ड तिजलाई भीडभाड गरेर नमनाउन आग्रह गरिएको छ ।

 

जसका कारण जिल्ला सदरमुकाम मान्म बजारका साथै आसपासका बजारहरुमा तिजको चहलपहल सामान्य छ । प्रमूख जिल्ला अधिकारी गैरेका अनुसार निषेधाज्ञा अवधीभर औषधि पसल, अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन सम्बिन्ध सेवा, खानेपानी तथा विद्युत सञ्चालन, फोहोरमैला व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *