१२ बर्षिया किशोरीलाई हेलिकोप्टरबाट उद्वार

कालिकोट भदौ ४ गते     जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ६ निबासी रंगे बि।क। को १२ बर्षिया छोरी सरिता बि. क.लाई उद्वार गरिएको छ ।

बुधबार बेलुका ६ बजे घर नजिकैको वनबाट घाँस ल्याएर घर फर्किदै गर्दा माथिबाट आएको पहिरोको ढुंगा लागेर शक्त घाइते भएकी सरितालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो ।

गत साउन १३ यता नरहरिनाथ गाउँपालिकामा पहिरोबाट १३ जनाको ज्यान गईसकेको छ भने ४ जना बेपत्ता छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *