वाढीले पुल जोखिमा आउजाउमा कठिनाई

भदौ ४ कालीकोट,          जिल्लाको सान्नीगाढको पुलको दुवै साईडमा कटान गरेपछि पुल उच्च जोखिममा परेको छ । वाढीले कर्णाली करिडोर समेत अवरोध भएपछि पैदल आउजाउ गर्ने झुलङ्गे पुल मात्र थियो । त्यही पुलपनि दुवै तर्फ कटान गरेपछि पुलको लडा पिपलको रुखमा वाधेर नागरिक जोखिमपुर्ण यात्रा गरिरहेका छन ।

 

रास्कोट नगरपालिका संगै पलाँता गाउँपालिका, पचालझरना गाउँपालिकाका साथै वाजुरा, मुगु र हुम्ला जिल्लाका नागरिक आउजाउ गर्ने पुल नै जोखिममा परेपछि नागरिकलाई निकै सास्ती भएको छ । सदरमुकाम मान्म आउन र स्थानीय वजार जिते, लालीघाट आउनका लागि नागरिकलाई ठुलो समस्या भएको छ । रास्कोट नगरपालिका वडा नं चारका भिमवहादुर शाहीले बृद्धबृद्धा र वालवालिकालाई पुलमा आउजाउ गर्न धेरै कठिन भएको वताउनुभयो ।

 

कामले आउनै पर्छ । तर कतिवेला कसको ज्यान जान्छ पत्तो छैन शाहीले भन्नु भयो । उहाँले कर्णाली करिडोरको पहिरो पञ्छाएको भएपनि माथिल्लो वेलिबृज पुलवाट जान आउन सजिलो हुने वताउनुभयो । कर्णाली करिडोर निर्माणको जिम्मा लिएको नेपाली सेनाले पुलको छेउमा आएको पहिरो नहटाउदा झन समस्या भएको छ । वर्षातले कर्णाली करिडोर निमार्ण सकियो पुरै खण्ड अवरोध गरेको छ । ठाउँठाउँमा आएको पहिरो र खोलामा वनाएका वेलीबृज पुल वगाउदा सडक पुर्णरुपमा अवरोध भएको छ ।

 

स्थानीय जितेवजार देखि रास्कोट नगरपालिका वडा नं ६ र ७ को बिचमा पर्ने सान्नीघाट सम्मको सडक पहिरो तथा वाढीले वगर वनाएको छ । सान्नीघाटको झुलङ्गे पुल नजिकै आएको पहिरोले सडकलाई चट्टानमा परिणत गरेको छ भने पैदलयात्राका लागि वनाएको पुल समेत दुई तर्फी पहिरोका कारणले वारपार गर्न समेत कठिन छ । रास्कोट नगरपालिका अन्त्रर्गतका वडा वडा विचको सहज आउजाउ गर्न छ महिना लाग्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख काशिचन्द्र वरालले सडक पहिरोमा परिणत भएका छन भने खोलामा वनाएका कलमोडहरु वगरमा रुपान्तरण भएका छन ।

 

सान्नीघाटवाट पलाँता तर्फ जाने सडक पनि पुरै अवरोध छ । फुगाढ खोलामा वनाएको बेलीबृज पुल वगाएका कारणले सडक वनेपनि पुल नुहदा यातायात सञ्चालन हुन सक्ने अवस्था छैन । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर बमले छिमेकी पचालझरना गाउँपालिका र आफुले सडक खुलाउनका लागि साझेदारी गरेको वताउनुभयो ।

 

दुवै गाउँपालिकाले ५० ÷५० प्रतिसत वजेटको ब्यवस्था गरेर पलाँता गाउँपालिका सम्मको २० किलोमिटर सडक खुलाउन सुरु भएको अध्यक्ष बमले जानकारी दिनुभयो । उहाँले पुल नभएका ठाउँमा ग्याविन तार लगाएर भएपनि यातायात सञ्चालनमा ल्याउने वताउनुभयो । नेपाली सेनाले भने मौसममा केही सुधार आएमा करिडोरमा आएको पहिरो हटाउने वताएको छ । यसपालिको वाढीले कालीकोटका सबै स्थानीय तहमा ठुलो क्षदी पुगाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *