दैलेखमा फेरी निषेधाज्ञा

भदौ ४,कालिकोट      जिल्ला प्रशासन कार्यालय दैलेखले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण समुदायमा बढ्दै गएको र तीजमा भिडभाड हुने भएकाले प्रशासनले निषेधाज्ञा गरेको हो।

 

प्रशासनले बिहीबार दिउँसो दुई बजेदेखि लागू हुने गरी भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

स्थानीय प्रशासन ऐन–२०२० को दफा ६(३) तथा संक्रामक रोग ऐन–२०२० को दफा २ बमोजिम पूर्व जाजरकोट जिल्लाको सिमाना, पश्चिम कालिकोट र अछाम जिल्लाको सिमाना, उत्तर कालिकोट जिल्लाको सिमाना र दक्षिण सुर्खेत जिल्लाको सिमानाभित्र कुनै पनि गतिबिधि नगर्न/नगराउन आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

 

दैलेखमा हालसम्म ९७२ जनामा कोरोना संक्रमण देखिएको छ। भने तीन जनाको मृत्यु भइसकोके छ। निषेधाज्ञा अवधिभर औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत, फोहोर–मैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवाबाहेकका अन्य कुनैपनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *