दलित भन्दै कुटपिट गर्ने चारजना पक्राउ
भदौ,४ कालिकोट जिल्ला प्रहरी कार्यालय कालिकोटले जातिय विभेद गरी कुटपिट गर्ने चारजनालाई पक्राउ गरेको छ । जिल्लाको शुभकालिका गाउँपालिका ८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गर्ने स्थानीय चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा शुभकालिका गाउँपालिका ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं। ६ निवासी २२ वर्षीय अर्जुन शाही, वडा नं. ८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल पक्राउ परेका हुन् ।
उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटनाको बारेमा विस्तृतरुपमा अनुसन्धान सुरु गरिएको डिएसपी ओलीयाले बताए ।
दलित भएकै कारण कुटिए पंख
शुभकालिका गाउँपालिका ७ मच्चेबारीमा रहेको मष्टो धवलपुराको मन्दिरमा साउन २६ गते पूजा थियो । उक्त पूजामा दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने भन्दै दुव्र्यवहार गरी कुटपिट गरेको थियो। उनले भने, घाइते पंखका बुवा पदम विकले दिएको जाहेरिका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पीडित पंख विकको खुट्टा र शरीरका विभिन्न भागमा निल डामहरु देखिएका छन् ।पीडित पंखका बुवा पदम कामीले धबलपुरा मन्दीरमा लाग्ने जात्रा हेर्न गएको छोरा फर्किँदा घाइते भएर आएको बताए ।