काराँते मार्शल आर्ट प्रशिक्षण कालीकोटमा सुरु

कालिकोट भदौ ४ गते । कालिकोटमा कराँते मार्शल आर्ट गेम सुरु गरिएको छ । जिल्ला खेदकुद विकास समिति कालिकोटको समन्वयमा किशोर किशोरीहरुको आत्मरक्षाका लागि कराँते मार्शल आर्ट गेम सुरु गरिएको हो ।विगत लामो समयदेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कराँते मार्शल आर्ट प्रशिक्षण दिदै आएका सेन्साई प्रेमसिंह तिरुवाले कालिकोटमा आएर किशोर किशोरीहरुलाई कराँते मार्शल आर्टको प्रशिक्षण दिन थालेका हुन् ।

जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरी आफ्नो गृह जिल्लाका किशोर किशोरीहरुका लागि आत्मरक्षा गर्न सहयोग पुग्ने उद्देश्यले कराँते मार्शल आर्टको प्रशिक्षण दिन थालेको सेन्साई तिरुवाले बताए । उनले भने, ‘कालिकोटबाट कराँते मार्शल आर्ट गेममा क्षेत्रीय स्तरसम्मका प्रतियोगितामा मात्र सहभागी भएको अवस्था छ ।


एक जना म मात्र अन्तिराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएको छु । अन्य खेल क्षेत्रमा पनि जिल्लाको सहभागीता राष्ट्रिय स्तरसम्म सीमित छ । अब हामीले यि कालिकोटका किशोर किशोरीहरुलाई अन्तराष्ट्रिय स्तरका च्याम्पियनशिफमा सहभागी गराउने लक्ष्य छ ।’ कालिकोटसँगै कर्णालीका अधिकांश जिल्लाहरुमा बाल हिंसा, किशोरीहरुमाथि हुने यौन हिंसा जस्ता सामाजिक बिकृति र बिसंगतिहरु पनि उत्तिकै छन् ।

कराँते मार्शल आर्टका गूरु तिरुवाले भने, ‘यो प्रशिक्षणमा सहभागी भएका कुनै पनि किशोर किशोरीहरु यस्ता खालका हिंसामा पर्दैनन् । सहजै प्रतिकार गर्न सक्षम बन्छन् ।’ जिल्ला सदरमुकामबाट सुरुवात गरिएको प्रशिक्षणलाई बिद्यालयमा स्तरमासमेत पुगेर किशोरी लक्षित निशुल्क कराँते मार्शल आर्टको प्रशिक्षण दिईने उनले बताए ।

जिल्ला खेलकुद विकास कार्यालय प्रमूख नमराज मल्लले हरेक किशोर किशोरीहरुको शारीरीक, मानसिक स्वास्थ्य तथा आत्मारक्षाका लागि कराँते गेम अपरिहार्य रहेको बताए । उनले भने, ‘जिल्लामा पहिलो पटक कराँतेको प्रशिक्षण सुरु गरिएको हो । झण्डै ६० जना किशोर किशोरीहरुको सहभागीता भएको छ ।


कराँते प्रति बालबालिकाहरु आकर्षित भएका छन् । उनीहरुको सक्रियतासँगै थव व्यवस्थित रुपमा संचालन गर्नका लागि जिल्लाका सबै खेल क्षेत्रका सरोकारवालाहरुसँग समन्वय पनि गर्ने तयारी छ ।’ उनले आगामी दिनहरुमा हरेक स्थानिय तहमा कराँते मार्शल आर्ट प्रशिक्षणका लागि स्थानिय तहसँग समन्वय गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *