दैलेखको ठाटिकाँधमा पहिरो १ को मृत्यु १ बेपत्ता

भदौ ३,कालिकोट        दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका– ४ गैरे–गाउँमा गएराती करीब साढे ११ बजे गएको पहिरोले स्थानीय टिकाराम कठायतको घर बगाउँदा उनका छोरा १२ वर्षीय जनक कठायतको मृत्यु भएको छ ।

 

त्यस्तै ५० वर्षिय टिकाराम कठायतसहित श्रीमति ४५ वर्षीय धनसरा कठायत, छोरी १७ वर्षीय बेल कठायत र अर्का छोरा १५ वर्षीय समसेर कठायत घाइते अवस्थामा भेटिएको स्थानीयले जानकारी दिए ।

 

पहिरोमा परी मृत्यु भएका जनकको घरमा आएका स्थानीय दानबहादुर कठायतका ११ वर्षीय छोरा लोकेश अहिले पनि वेपत्ता रहेको प्रहरीले बताएको छ । सोही ठाउँकै ३४ बर्षिय महेन्द्र बहादुर शाही, २३ बर्षका गम्म नेपाली पनि घाइते भएका छन् ।

 

दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीका अनुसार घाइतेको पूर्ण बिबरण आइसकेको र  अहिले प्रहरीको टोली घटना स्थलतर्फ गइसकेको उनले बताए ।

उद्धारका लागी हेलिकप्टर आउने स्थानियले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *