नरहरिनाथमा पहिरो, ४ जना बेपत्ता

भदौ ३ कालीकोट,   कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं पाँचको चिसापानी चाउँथेमा वाढी र पहिरोमा परी चार जना वेपत्ता भएका छन्न । गयरातीको भिषण वर्षाका कारण चाउँथे माथिवाट आएको वाढीसंगैको पहिरोले दुई घर वगाउदा चार जनाको वेपत्ता भयको हो ।

 

 बेपत्ता हुनेमा ६० बर्षिय चन्द्र सहकारी, २९ बर्षिया पम्फादेबी सहकारी, ३० बर्षिया भीमा सहकारी र उनको छोरा ९ बर्षिय रमित सहकारी छन् । पछिल्लो समय चाउँथेमा घर वस्ती नै वनाएर १२ घर परिवार वस्दै आएका थिए । नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरवहादुर बिष्टले घटना भएको जानकारी हुना साथ आफुले कुमालगाउँ इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पठाएको भएपनि प्रहरी चौकीवाट घटना स्थल टाडा भएकाले घाईतेको एकिन हुन समय लग्ने वतााउनु भयो ।

 

साउन यता नरहरीनाथ गाउँपालिकामा मात्र वाढी र पहिरोमा परी एकै घरका सात जना सहित १८ जनाको ज्यान गईसकेको छ । कालीकोट जिल्ला भरी नरहरीनाथ सहित ३८ जनाको वाढी तथा पहिरोका कारणले ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *