थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

भदौ ३ ,कालिकोट।    पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो ।

 

नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

आज मात्रदुई पुरुष र चार महिलागरी छ छ जनाको मृत्यु भएको छ

पछिल्लो  २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *