चार दिनपछि खुल्यो कर्णाली राजमार्ग

भदौ,२ कालिकोट    कालिकोट जिल्लामा  अबिरल बर्षा संगै गएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ ।

 

बर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डमा दर्जनौ स्थानमा पहिरो गएको थियो । सडक डिभिजन कार्यालय जुम्ला र कालिकोट प्रहरीको सक्रियतामा कर्णाली राजमार्ग पुर्णरुपमा खुलेको डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

 

उनले भने,‘पहिरोले चार दिन सम्म कर्णाली सडक ठप्प बन्यो । सयौँ सवारीसाधन बीचैमा अलपत्र परे । यात्रुहरु हिडेर गन्तब्यमा पुगे । चारदिन पछि बल्ल सडक खुल्यो । अब सवारीसाधन सञ्चालन नियमित रुपमा सञ्चालनमा आउनेछन् ।

निरन्तरको भारी वर्षासँगै शुभकालिका गाउँपालिका १ स्थित गगने खोला, काले खोला, जिते, शेरिघाट, मान्म, गल्ली, सिम्लेगाड लगायतका दर्जनौ ठाउँमा पहिरो खसेको थियो । कालिकोट र दैलेखको सिमाना दहीखोलादेखि जुम्ला कालिकोटको सिमाना नाग्मसम्म सम्म दर्जनौं ठाउँमा पहिरो खसेका कारण राजमार्ग ठप्प थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *