कालीकोट जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य एकाएक आकाशियो,

भदै,२ कालीकोट    जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य एकाएक आकाशियको छ । लगातारको वर्षाले वाटो वन्द भएका कारणले ब्यापारीले खाद्य वस्तुमा भारी मुल्य बृद्धी गरेपछि नागरिक निकै मर्कामा परेका छन । वाढी तथा पहिरोले जोखिममा पारेको क्षेत्रमा खाद्य्य वस्तुको मुल्य निकै बृद्धी भएपछि नागरिक मर्कामा परेका हुन ।

 

जिल्लाको रास्कोट नगरपालिकामा एक वोरा चामलमा पाँच सय देखि आठ सय सम्म मुल्य बृद्धी गरिएको छ । केही अगाडी रु दुई हजार एक सयले पाउने सुमो चामलको मुल्य अहिले आएर दुई हजार आठ सयमा उपभोक्ताले किन्नु परेको छ । हाम्रा संवाददाता दशरथ उपाध्यायले एक हप्ता अगाडी आफैले दुई हजार एक सयमा किनेको चाम आज फेरी किन्दा आठ सयको वढी मुल्य तिर्नु परेको वताउनुभयो । उहाँले वाढी तथा पहिरोका कारणले वाटो वन्द छ । खाद्यान्न आएको छैन ।

 

तर धेरै अगाडी आयत गरेको चामलमा ब्यापारीले कालोवजारी गरेको आफुले पाएको वताउनुभयो । मान्छे द्धारा वोकाएको हो भने मुल्य वढी हुनु ठिकै हो ।स्टोरमा राखिएको चामल संकटका वेला ब्यापारीले मुल्य बृद्धी गरेर नागरिकको ढाँड सेकिरहेका छन । एक हप्ता अगाडी रास्कोटमा डल्फीन चामलको मुल्य एक हजार सात सय थियो । अहिले आएर दुई हजार पाँच सय  रुपियाँमा बिग्री गरिरहेका छन । माला चामलमा पनि पाँच सय थप मुल्य लगाईएको छ ।

 

पहिला एक हजार पाँच सयमा बिग्री हुदै आएको माला चामलको अहिले उपभोक्ताले दुई हजार एक सय तिर्नु परेको छ । तेल चिनीमा भने त्यती चर्को मुल्य निधारण नगरिएको उपभोक्ताको भनाई छ । एक पाकेट तेलमा २५ रुपियाँ वढि लिनुलाई नागरिकले चर्को मानेका छैनन । नुन, तेल, चिनीमा २० देखि २५ रुपिँया सम्म वढी मुल्य लिने गरेपनि चामलमा भने निकै वढी लिने गरेका छन ।

 

 

रास्कोट नगरपालिकाले नागरिकको समस्यालाई ध्यानमा राखेर सुफत मुल्य पसल स्थापना गरेको छ । तर वाढीले सडक पुरै वगरमा परिणत गरेका कारणले खाद्यान्न आपुर्ति गर्न नसक्दा वजारमा ब्यापारीको एकाधिकार चलेको छ । नगरप्रमुख काशिचन्द्र वरालले ब्यापारीको एकाधिकार तोड्न सरकारले सुफत मुल्य पसल सञ्चालनमा ल्याएको भएपनि आफुर्तिमा सडक वगर हुदा समस्या भएको वताउनुभयो ।

 

अव सरकारले अध्यान गरेर अति गरेका ब्यापारीलाई कार्वाहि गर्ने वताउनुभयो । रास्कोट एक प्रतिनिधि पात्र मात्र हो । जिल्लाका अन्य स्थानीय तहमा पनि चर्को मुल्य लिने गरेको नागरिक स्तरवाट गुनासो आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *