कांग्रेसका युवा नेता शाहीले बाढी पहिरो पीडितलाई सहयोग

कालिकोट भदौ २ गते । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले जिल्लाको शुभकालिका गाँउपालिका वडा नं। ६ हाउडीका पहिरो पीडितलाई सहयेग गरेका छन् । मंगलबार जिल्ला सदरमुकाम मान्ममा कांग्रेस युवा नेता शाहीले हाउडीका खसेको पहिरोका कारण बिस्थापित भएका ६ परिवारलाई पाल, कम्मल, खाद्य सामग्री र केही नगद सहयोग गरेका हुन् । उनले पहिरोका कारण घरबार बिहीन भएका हाउडीका ६ घरधुरीलाई मानवियताका हिसावले व्यक्तिगत रुपमा सहयोग गरेको बताए ।

बर्षा याम सुरु भएयता धेरै नागरिकहरुले धनजनको क्षेती बेहोर्नु परेकोमा दुख व्यक्त गर्दै उनीहरुलाई तत्काल राहत दिन सरकारको ध्यनाकर्षण गराए । हाउडीमा बर्षेनी पहिरो जाँदा एक सय ७६ घरधुरीहरु जोखिममा छन् । २०७२ सालदेखी बर्षेनी पहिरो खस्दा हाउडीका २२ दलित घरधुरी सहित १ सय ७६ घरधुरीहरु जोखिमयुक्त ठाँउमा बस्दै आएका छन ।

गत बर्षको साउन महिनामा लगातार पहिरो खसेर १५ दिन घर छोडेर खुला चौरमा पाल टाँकेर बसे । गाँउलाई स्थायी रुपमा सुरक्षित ठाँउमा सार्नका लागि आग्रह गरिएको भएपनि सारिएन् । यो बर्ष पनि फेरी निरन्तर पहिरो खसीरहेको छ ।

स्थानिय भैरब शाहीको घर पुरै पहिरोले परिदिएको छ । अरु पाँच जना मनशोभा शाही, सरिता शाही, मधु नेपाली, बलबहादुर शाही र सरस्वती शाहीको घर पहिरोले छेएकाले बिस्थापित छन् । पहिरोले गाँउका करीव २७ जनाको खेती योग्य जमीन पुरै पुरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *