एसईई नतिजामा विद्यालयले नै गरे बदमासी

भदैै २,कालिकोट     यो वर्षको परीक्षाविनै सार्वजनिक गरिएको एसईईको नतिजामा विद्यालयहरुले धाँदली गरेको पाइएको छ ।

नोबेल कोरोना भाइरसको महामारीका कारण केन्द्रमा बसेर दिन मिल्ने परीक्षा रद्ध गरिएको थियो भने विद्यालयलाई वर्षभरि लिइएका परीक्षाका आधारमा नम्बर पठाउन भनिएको थियो ।

तर विद्यालयले भने मनपरी मूल्याङ्कन गरी नम्बर पठाइदिएपछि राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा हिजो सार्वजनिक गरेको छ । चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी उत्तीर्ण भए भन्ने विवरण खुलाइएको छैन ।

२०७६ सालको एसइईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन दिएकोमा चार लाख ७२ हजार ७८ विद्यार्थीको प्राप्ताङ्क बोर्डमा प्राप्त भएको थियो ।

यसैबीच आन्तरिक मूल्याङ्कन भएको र विद्यालयले प्रमाणीकरण गरेका आधारमा नतिजा सार्वजनिक भएकाले ०७६ सालको परीक्षामा सहभागी विद्यार्थीको पुनर्योग र ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।

विविध कारणले विद्यार्थीको नतिजा स्थगित भएमा, नाम, थर र जन्ममितिमा त्रुटि भएमा भने सम्बन्धित विद्यालयको सिफारिससहित ३५ दिनभित्र शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिने व्यवस्था गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा ग्रेडसिट दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *