किशोरि समुह लागे सरसफाई अभियानमा

भदै १ कालिकोट   जिल्लाको शुभकालिका गाँउपालिकाका किश्वरिहरु सरसफाई सम्वन्धि घरदैलो अभियानमा खटियका छन ।

 

शुभकालिका गाँउपालिका वडा नं ४ का किशेरिहरु चौलागाँईवाढामा गएर विश्व माहामारिको रुपमा फैलिएको नोवेल कोरोना भाईरसको डर अझैकायम रहेको हुनाले यस रोगवाट वच्न सरसफाई अतिआवश्यक भएकाले स्वास्थ्य अनुशासनमा रहन सवैलाई आग्रह गदै घरदैलो अभियानमा लागेको वताईएको छ ।

 

कालिका किशोरि समुहका अध्यक्ष सर्मिला चौलागाई सहित ११ जना किशोरिहरु उक्त अभियानमा लागेको वाल पत्रकार रमिता चौलागाँईले जानकारि दिनु भएको छ ।

 

उहाँका अनुसार घरघरमा जाँदा केहि स्थानियहरुले आफुहरुलाई सधै घरघरमा आएर झाडुलगाएर जाउभन्दा आफ्नो समुह निराश भएको वताउनु भयो । तर धेरै जसो स्थानियहरुले यस्तो अभियानमा लागेर राम्रो गरेको भन्दै धन्यवाद समेत दिएको वताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *