कोरोनाबाट बच्न कालिकोटमा सचेतनामुलक र्‍यालि


भदै,१ कालिकोट,     जिल्लाको सदरमुकाम मान्ममा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक र्‍यालि समोबार सम्पन्न भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थाप केन्द्र डिसिसिएमसी कालिकोटको आयोजनामा जनचेतनामुलक ¥यालिसहितको कोणसभा सम्पन्न भएको स्वास्थ्य व्यवस्थापन कार्यालयका सूचना अधिकारी कटक महतले जनाकारी गराउनु भएको हो ।

उहाका अनुसरा जिल्लामा जनस्वास्थ्यका मापदण्ड लागुगर्दै कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।कोरोनाबाट बचौ,सामाजिक दुरी कायम गरोै, माक्सको अनिवार्य प्रयोग गरौं लगाएतका नारासहित ¥यालिले बजार परिक्रमा गरेको थियो ।

काेणासभा समापन गदै जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाहीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिडको संक्रमण कालीकोटमा दिनानुदिन बृद्धि हुर्दै गएकोले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सबै नागरीकले मास्क, सेनिटाईजरको प्रयोग गर्ने, साबुन पानीले मिचिमिचि हात घुने ,सामाजिक दुरी कायम गर्ने शाहीले बताउनु भयो ।

¥यालिमा खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारी लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *