कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले बाढी पीडितलाई पाँच लाख बराबरको राहत सामग्री बितरण

कालिकोट। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कालिकोटका बाढी पीडितहरुका लागि व्यक्तिगत रुपमा पाँच लाख बराबरको राहत सामग्री प्रदान गर्ने बताएका छन्।

कालिकोटमा अबिरल वर्षातका कारण ठूलो क्षती पुगेको छ। जिल्लाका विभिन्न स्थानमा बाढी-पहिरोमा परेर ३५ जनाको ज्यान गइसकेको अवस्था छ। नेपाल तरुणदलका महासचिवसमेत रहेका शाहीले सोमबार सामािजक सञ्जाल मार्फत उक्त सहयोग गर्ने जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘यो बर्सको बाढिपहिरोले कालिकोटमा निकै नै बढि मानवीय तथा धनजनको क्षती भएको छ। ३५ जनाको दुःखद मृत्यु भएको छ। पाँच सय घर भत्किएका छन्। एक हजारभन्दा बढि परिवार पूर्ण रुपमा विस्थापित भएका छन्। त्यस्तै हजारौं नागरिकलाई बाढी-पहिरोले प्रताडित र प्रभावित बनाएको छ। यस विपद र दुःखद घडिमा राज्य र सरकारको अभिभावकिय भूमिका हुन पर्नेमा सरकार आफ्नो जिम्मेवारिबाट चुकेको छ।’

महासचिव शाहीले सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको बताउँदै आफूले विपदको समयमा आलोचना मात्रै गर्न उचित नुहने भन्दै सहयोगमा जुटेको बताएका छन्।

उनले अगाडि लेखेका छन्, यस्तो प्राकृतिक बिपतको घडिमा मैले सरकारको आलोचना गर्नेभन्दा पनि दुई पटक सांसदको पराजित उम्म्मेद्वार भएको नाताले मेरो पनि केहि कर्तव्य हुन्छ भन्ने मैले ठानेको छु। यहि कर्तव्य र मानवीयताको नाताले साथीहरुको सहयोग तथा मेरो तर्फबाट पाँच लाख बराबरको नगद तथा आवश्यकीय सामग्री बाढी पीडितलाई सहयोग गर्ने जानकारी गराउँदछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *