चौबीसै घन्टा १५ सैयामा अध्यक्ष बमको चिन्ता

 कालिकोट  –जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ९ मा रहेको १५ सैया अस्पतालको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम, ९ का वडा अध्यक्ष टक्क बहादुर बम किर्डाक नेपाल पलाँता प्रमुख लिलाराम न्यौपाने, प्रशासन शाखा बिअ राज बम लगाएतको उपस्थितिमा भवन को अनुगमन गरिएको छ ।

 

गाउँ पालिका अध्यक्ष बमका अनुसार टर्स्ट भवन निर्माधिन रहेको भवन १ हप्ता मै निर्माण सम्पन्न गरि समितिले गाउँ पालिका लाई हस्तान्तरण गर्ने अध्यक्ष बमले बताय । इन्जिनियर दिनेश खडका का अनुसार ३० लाख पलाँता गाउँ पालिकाको र ४० लाख प्रदेश सरकारको बजेटमा भवन निर्माणाधीन रहेको जानकारी दिनुभयो ।

 

उपोभोक्ता समिति अध्यक्ष हर्क बहादुर बमका अनुसार अबको केही दिनमै पलाँता निवासी समुदायले यहि पन्ध्र सैयामा सेवा दिने गरि काममा लागेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *