कालिकोटमा बाढी पहिरोले २२ जनाको मृत्यु ७ जनाको बेपत्ता ।

कालिकोट । वर्खाको समयमा धेरैभन्दा धेरै वर्षा भएका कारण ठाउँ–ठाउँमा बाढी–पहिरोले जनधनको क्षति भएको छ । निरन्तरको अविरल वर्षाका कारण बाढी–पहिरोले दुई सातामा कालिकोटमा २२ जनाको मत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । गत असार १२ गते राति जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ३ र ७ मा आएको पहिरोले स्थानीय बाले वुढाको घर बगाउँदा परिवारका ७ जनाको मृत्यु भएको थियो । सोही समय रातिनै वडा नं. ३ गोठिमा पनि दुई जनाको मृत्यु भएको थियो ।

यस्तै, जिल्लाको रास्कोट नगरपालिका – १ को तुसार खोलामा पनि स्थानीय टक्क टमटाको घर बगाउँदा उनको घरमा वास बस्न आएकी एक किशोरिको समेत ज्यान गएको थियो । निरन्तर रास्कोटको सोही वडाको लहरेला बडोल्तोलामा जय बहादुर शाहीको घर बाढीले बगाउँदा उनका दुई छोरी, एक छोरा र घरमा वस्न आएकी एक किशोरी हालसम्म बेपत्ता छन् । निरन्तरको वर्षाले जिल्लाको शान्नित्रिवेणि गाउँपालिका– ७ पोरिबनमा स्थानीय पशुराम संज्यालको घरमाथि पहिरो आउँदा दुई जनाको ज्यान गएको थियो ।

पहिरोमा परि तेही रातिनै महावै गाउँपालिका– ७ राम्नीमा पनि पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो । केही समय रोकिएको वर्षा फेरि सुरु हुँदा जिल्लाकै महावै गाउँपालिका– ३ नकुमा घर माथिबाट आएको पहिरोले एकै परिवारका चारसहित छिमेकी दुई गरेर एकैदिन ६ जनाको मृत्यु भएको छ । सोही नरहरिनाथ गाउँपालिकामा पनि दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । गत असार १२ गतेदेखिको विवरण हेर्दा जिल्लाभरी दुई सातामा २२ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *