स्वास्थ्य चौकीमा औषधि पाईदैन दुर्गमका बिरामी समस्यामा

औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोल समेत उपलब्ध गराउन नस्कँदा स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् । पलाँता ८ मा रहेको स्वास्थ चौकी थिर्पुमा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम लगाएतको अनुगमनमा केही औषधि उपलब्ध नभएको हो । उता स्वास्थ शाखा पलाँताले भने सम्पुर्ण स्वास्थ चौकिमा औषधि पुर्ण मात्रामा रहेको बताउने गरेको अध्यक्ष बमले जानकारी दिनुभयो ।

स्वास्थ्या चौकीका डाक्टर (अहेब) रगुजन बमले एक चक्की सिटामोल छैन, उहाँले भन्नुभयो, बिरामीले चौकीबाट वर्षको एक दुई महिनाबाहेक अरु समयमा कहिल्यै औषधि पाउँदैनन्, अरु समयमा सधैँ किनेर लिनुपर्छ ।”
सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने भनेको छ तर हामीले निःशुल्करुपमा पाइने सिटामोल पनि किन्नुपरेको छ, जनताको मर्का कसले बुझ्ने, नकिनु भने मरियाला भन्ने डर किनेर खाउ भने नसोचेको मूल्य तिनुपर्ने हुन्छ । काली बहादुर बमले भन्नुभयो, स्वास्थ्य शाखा पुग्न यहाँका बिरामीलाई हिँडेर पूरै ओरालो साडे एक घन्टा र उकालो २ घन्टा लाग्छ ।

स्वास्थ्य चौकीमा आफू बिरामी परेमा चेकजाँच गराउने मात्र हो । उपचारका लागि सबै औषधि महँगो मूल्यमा स्वास्थ्य चौकी सहायकको निजी मेडिकलबाट लिनु पर्ने बताउनुभयो ।

स्वास्थ्य शाखा पलाँता बाट औषधि आउन छोड्यो । पालिकाले औषधिको खरिदका लागि बजेट २० लाख बराबरको औषधि खरिद पठाएको भन्ने जानकारी आएको भए पनि स्वास्थ्य शाखाले औषधि खरिद गरेको हो या हैन आफुलाइ जानकारी नभएको स्वास्थ इन्चार्जको भनाइ रहेको छ । स्वास्थ्य चौकीमा औषधि मौज्दात नभएकाले बिरामीलाई औषधिको सिलिप लेखेर दिने गरेको स्वास्थ्य चौकीका अहेव कमल बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मौसम परिर्वतन भएसँगै अहिले झाडापखाला, ज्वरो, विषमज्वरोका बिरामी बढी आउने गरेका छन्, गाउँ दुर्गम छ ठाउँ दुर्गम छ राज्यको आँखा पुगेको छैन, अहिले स्वास्थ्य चौकी औषधिविहीन भएको छ, बिरामीले औषधि खोज्ने गर्छन्, हामीले दिन सकेका छैन, कतिले त गाली गर्ने झगडा गरेर जाने गरेका छन् ।”

राज्यले स्वास्थ्य चौकीलाई ४० प्रकारको औषधि दिने गरेको छ । आव ०७४÷०७५ पहिलो चौमासिकमा औषधि खरिद गरेर ल्याई वितरण गरेको हो । अहिले गाउँपालिका स्वास्थ्य शाखाले आफैँले औषधि खरिद गर्ने पलाँता सरकार को नियम बनाएपछि गाउँ पालिका स्थित एक स्वास्थ्य चौकी थिर्पुले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *