पलाँता सरकारले स्वास्थ्य र उर्जा शाखाको मिटिङ्ग खिर्पिमा सम्पन्न

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका स्थित खिर्पीमा रहेको स्वास्थ्य चौकीको भवनमा स्वास्थ्य र उर्जा शाखा पलाँताको मिटिङ्ग सम्पन्न भयको छ । उक्त मिटिङ्गमा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा स्वास्थ्य शाखा प्रमुख हिमाल संज्याल उर्जा शाखा प्रमुख कलम बहादुर बम सञ्चारकमि र विभिन्न स्वास्थ्य चौकी इन्चार्ज सङ्गै स्वास्थ्य इकाइ प्रमुख समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको छ ।

ने क पा पलाँता र पलाँता सरकारको अन्तर बिरोधका कारण पलाँतामा रहेका विभिन्न शाखाका कर्मचारी हटाउने निर्णय पछि केही दिन पछि सहमती र पलाँता सरकारले पलाँता सरकार माताहात रहेका कर्मचारी पुन्रबाहाली भयको घोषणाका शाथ कर्मचारी लाई प्रोत्साहित गर्दै अध्यक्ष बमले अब पलाँता सरकार को निर्णय कार्यनवन्नमा ध्यान दिन समेत अनुरोध गर्नु भयो ।

स्वास्थ्य चौकी थिर्पुका अ हे ब कमल बमका अनुसार पलाँता सरकारको यो निर्णयले आफू मात्र नभएर पलाँतामा रहेका स्वास्थ्यकर्मि खुशिका साथ मिटिङ्गमा आफुले गर्ने कामको निरन्तरता दिने गरि पलाँता स्वास्थ्य शाखाको निर्णय भयको बताय । अर्का उर्जा शाखाका कर्मचारी प्रकाश मल्लका अनुसार अब पलाँता सरकारको उज्यालो पलाँताको अपेक्षा उर्जा शाखाले पूरा गर्ने गरि लागि पर्ने बताय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *