ठुलामाडु थान अध्यक्ष लगानी कोष बाट निर्माण

नमराज न्यौपाने पलाँता
कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ८ मा रहेको ठुलामाडु थानको ढलान सम्पन्न भयको छ । उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा, ८ का वडा अध्यक्ष पटक बहादुर बम ७ का अध्यक्ष बर्ज बहादुर बम मुल धामी कल बहादुर बम डाङ्ग्री मन्शिङ्ग बिस्ट गणेश बम ठेकेदार छ्त्र बहादुर बम, जयलाल बम, मन राज शाही, पल बहादुर बम, ऐन राज बम प्राबिधिक काली बहादुर बम लगाएतको उपस्तिथिमा ढलान सम्पन्न गरिएको छ ।

स्थानीय रिति थिती अनुसार दमाया बाजाका शाथ रमाइलो सङ्गै दुधेसिल्लो खापरको पुजा आजा गरिएको थियो । गाउँ पालिका अध्यक्ष लगानी कोष बाट थान निर्माणका लागि दुबै थान गेट बाटो निर्माण हुने बताइएको छ । पुरानो मन्दिरमा पहिला जस्तापाता छाना थियो, अहिले सिमेन्ट ढलानको काम नयाँ भयो, अन्य संरचनामा कुनै फरक छैन ।

गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बमका अनुसार अन्य मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने नेपालको चलन भए पनि आफूहरुले ठुलामाडु थानको छानामा ढलान गर्दा पुरानै प्रविधि अनुसार चुक, नून, अमिलो ढुङ्गा सिमेन्टको ढुटोहरु प्रयोग गरेर बनाइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै मन्दिर निर्माणका लागि आधुनिक प्रविधिको सिमेन्ट सरिया लगायतका सामग्री प्रयोग गरी पुरानै प्रविधिको प्रयोग गरिएको बमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *