कोरोना त्रास , कालीकोटमा जात्रा राेकिएन
कर्ण कुमाल कालीकोट अष्टमीको दिन राति १२ः०० बजे सत्यका प्रतिक भगवान् कृष्णको जन्म भएको सम्झनामा बालक कृष्ण जन्माइएको थियो । कालीकोट जिल्लामा यस पालिका पनि लाखेनाच रोकिएन । अन्य दिनमा पहिलाको जस्तो जात्रा नलागेपनि कृष्णअष्ठमीको रातीवाट जात्रा पुरानै शैलिमा कृष्ण जन्मेको दिनलाई बडादिनका रुपमा मनाउन सञ्चालन गरियो छ। संसारमाथि अन्याय अत्याचार गर्ने असत्यको प्रतिक कङ्श (लाखे) माथि सत्यका प्रतिक कृष्णले प्रहार गरी उसको बध गरेका थिए । बर्सेनि जात्रालुलाई दुःख दिने वर्षातले यो पटक न्याय गरेको छ । जात्रा धनजनको क्षतिबिना नै सम्पन्न भएको कृष्ण मन्दिरका पुजारी जयचन्द्र अधिकारले जानकारी दिनुभयो ।
कोरोनाको त्रासले यातायात देखि होटल पसल सबै बन्द छन् । प्रहरीले बाटोमा हिड्ने कुनै पनि नागरिकले मास्कको प्रयोग नगरेको देखेमा एक सय रुपैयाँ जरिवाना लिने गरेको छ । तर लाखे काट्ने जात्रामा भने सयाँैको भिड छ । प्रहरीले पनि जात्रा हेरिहेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामवावु ओलियाले बिना अनुमति जात्रा लगाएको सुचना पाएपछि आफुले तत्काल बन्द गराएको बताउनुभयो ।
डिएसपी ओलियाले बन्द गरेको दावी गरेपनि जिल्ला समन्वय समितिको मैदानमा सयौँको संख्यामा नागरिकको सहभागीतामा लाखे नाच जारी रहेको छ । । जात्रा हेर्न स्थानीय गाउँ(गाउँबाट पहिलो बर्षमा आउने गरेका थिए यो बर्षमा भने टाढाटाढाका स्थानीय समेतजात्रा हेर्नकै लागि सदरमुकाम मान्मा डेरा गरेर भए पनि जात्रा आउछे यो बर्ष कोरोनाको त्रासले यो बर्ष आएन लाखे नाँचमा सहभागी अमित शाहि मिलनले एक घण्टा भित्र सक्ने योजनामा साथ जात्रा सम्पन्न भएको हो