एकै दिनमा पाँच जना फरार अभियुक्त पक्राउ

कालिकोट जिल्ला प्रहरी कार्यालय कालिकोटले एकै दिन पाँचजना फरार अभियुक्त पक्राउ गरेको छ । विभिन्न मितिमा जिल्ला अदालत कालिकोटबाट फैसला भइ फरार रहेका पाँचजना अभियुक्तलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यमबाबु ओलीयाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा २०७५ साल जेठ २९ गते जिल्ला अदालत कालिकोटबाट बहुबिबाह मुद्धामा १ वर्ष कैद र ५ हजार जरिवाना फैसला भएका जिल्लाको पलाँता गाउँपालिका ६ बस्ने ३२ वर्षका लंक बुढा, २०७२ साल मंसिर १० गते जिल्ला अदालत कालिकोटबाट सट्टा परीक्षा मुद्धामा ५ हजार जरिवाना फैसला भएका जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षका बिरेन्द्र बुढा, ०७२ साल माघ ११ गते जिल्ला अदालत कालिकोटबाट सार्वजानिक मुद्धामा ५ सय जरिवाना फैसला भएका जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ बस्ने २५ वर्षका तुल शाही, २०७४ साल जेठ २१ गते जिल्ला अदालत कालिकोटबाट सवारी ज्यान मुद्धामा २ हजार जरिवाना फैसला भएका जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ५ बस्ने २५ वर्षका भिमराज शाही र २०७६ साल असार २२ गते जिल्ला अदालत कालिकोटबाट सहकारी सम्पती अपराधिक उपयोग मुद्धामा ५ हजार जरिवाना फैसला भएका जिल्लाको नरहरीनाथ गाउँपालिका ५ बस्ने ३५ वर्षका पदमबहादुर सहकारी रहेका छन् ।

उनीहरु सबैलाई जिल्ला अदालत कालिकोटमा पेश गरिएको डिएसपी ओलीयाले बताए । डिएसपी ओलीयाले कालिकोटमा प्रहरीले जिल्ला अदालतको फैसला पछि फरार भएका अभियुक्त पक्राउ गर्ने अभियान थालिएको बताए ।

उनले फरार अभियुक्त बिरुद्ध प्रहरीले उच्च निगरानी बढाएको बताए । उनका अनुसार अझै प्रहरीमा २०४४ सालदेखीका एक सय जना भन्दा बढी फरार अभियुक्तको लिस्ट छ । उनीहरुको खोजी कार्य तीव्ररुपमा गरिएको छ ।      annapurnapost.com;साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *