पद र प्रतिष्ठाको लडाइँ

अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) भित्र आगराको कुरा चलिरहँदा आम(कार्यकर्ता र विपक्षमा गागराको कुरा चलिरहेको छ । सम्भवत पार्टी भित्र किचलो र कहरको मुख्य एजेन्डा नै MCC र विधेयक नै हो । तर आम जनता, कार्यकर्ता र विपक्षले पदको पछाडि दौडधुप भैरहेको र पार्टी नै फुटको संघारमा पुगेको अनावश्यक विश्लेषण गरिरहेका छन् । अर्को कुरा के छ भने प्रचण्डलाई सिध्यायो भने माओवादी आन्दोलन र जनयुद्धका एजेन्डा पुरै खारेज गर्न सकिन्छ भन्ने अहिलेका बालुवाटारका मुकुण्डोधारी बिश्लेसकहरुको बुझाइ छ ।

यसरी यो विश्लेषण गर्ने मुकुण्डोधारी कसाईहरुको एक कोणबाट ठिक पनि छ । किनभने यिनिहरुले नै मदन भण्डारी मारे, दरवार हत्याकाण्ड घटाए । बिकासको नाममा मेलम्ची खानेपानी जस्ता आयोजना कमाई खाने भाडो बनाए, देसको बिजुली बत्ती माफिया र गुण्डाहरुको रजाइँ बनाए यो कुरामा हामी प्रष्टै छौं त १ फेरि माओवादी आन्दोलन र जनयुद्धका नेताकार्यकर्ता अहिले तेतरबितर र आन्तरिक कलह गरेर बितण्डा मच्चाइराख्या छन् ।

टुटफुट भएर अस्तित्वको सास मात्र बाकी छ । फेरि पनि यसको जड भनेकै प्रचण्ड हुन। यिनलाई सिध्याउन नेपाली राजनीतिका खेलाडीहरु मात्र होइन । पुर्व(मुकुण्डोधारी हत्याराहरु, सम्पुर्ण बिदेशी शक्ति, भारतीय रअका एजेन्ट, स्वदेशी भु(माफियाहरु, आन्तरिक कुटनितिज्ञ र केही बिदेशीको आटो खाने पत्रकारहरु पनि । MCC को नाममा अर्बौं रुपैयाँ खर्च भैसकेको छ यसलाई पास गर्न पुरै काङ्ग्रेस र केपि समुहको गुट लागिपरेको छ । यदि यो MCC पास भएन भने त्यत्रो अर्बौं रुपैयाँ कसले तिर्ने रु यो बिषय नै अहिले कम्युनिस्ट पार्टी भित्र, खाउँ भने दिनभरको सिकार, नखाउँ भने कान्छाबाउको अनुहार भएको छ । सकेसम्म यो MCC केपि  गुटका काइते र कालो काङ्ग्रेसले पास गराएरै छाड्नेछन नत्र महाकाली सन्धी जस्तै कम्युनिस्ट पार्टी फुट्नुको विकल्प रहन्न ।

तेस्रो पक्ष MCC पास भएन भने अर्को मदन भण्डारी हत्याकाण्ड घट्ने सम्भावना बढ्न सक्छ । त्यसैले हामी कम्युनिस्ट पार्टी भित्रको आन्तरिक कलहलाई नबुझी तथानाम गाली, अन्धबिस्वासनियताका कुरा, राष्ट्रिय स्वाधीनताका सवालमा पार्टीको गुटको समर्थन लगायतका यावत कुरामा अलमलिएका छौँ । अतस् MCC संवत् खारेज गरौं, देस जनता र आफ्नो स्वाभिमानलाई बिदेशीतत्वको हस्तक्षेपबाट बचौँ ।

र अन्त्यमास्( यो प्रचण्डसंगको लडाइँ मात्र नभएर हाम्रो राष्ट्रियता, स्वाधीनता, ओरालो लागेको अर्थतन्त्र, हावी भएको हल्लाकारतन्त्र र माफियाहरु संगको लडाइँ हो । सबै एकजुट भएर परास्त गर्नुपर्छ nepalgunjtimes.com साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *