वडा अध्यक्षको निर्देशनमा स्थानीय यूवा कुटपिट

कालिकोट जिल्ला रास्कोट नगरपालका वडा नं ५ का वडा अध्यक्ष नरजंङ शाहीले निर्देशन तथा उनकै भाई र छोराको नेतृत्वमा ६ जना स्थानीय यूवा मरणसन्न हुने गरी कुटीएका छन । आफ्ना भाई छोरा र अन्य आफन्त लगाएत साउनको १८ गते कुटपिट पिडीतको आरोप छ । कुटपीटमा परेका दुई जना यूवा गम्भीर घाईते भएका छन् । तयस्तै ४ जना यूवाको अवस्था सामान्य रहेको छ ।
जिल्ला अपताल मान्मका अनुसार गम्भीर घाईते हुनेमा २२ वर्षिय कृष्णा शाही र २४ वर्षिय प्रकाश शाही रहेका छन् । तस्तै गरी अन्य घाईते हुनेमा ललित शाही खकेन्द्र शाही चिरन्जीवी शाही हिक्मत शाही रहेका छन । अहीले उनीहरुको जिल्ला अस्पताल मान्ममा उपचार भईरहेको र भावना शाहीले वताईन ।उनका अनुसार पिडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी दीईसकेको वताईन । विगत लामो समय देखि हामीले नगरभित्रका विकास र पार्दशिकताको आवज उठाउदै आएका थियौ ।

खाने पानि उपभोक्ता समिति गठन गर्दा लापरबाही भएको र आफ्नतको भर्ती केन्द्र वनाएपछी हामीले विरोध जनाएका थियौँ । यता जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनामा संलग्नलाई तूरुन्त प्रक्राउ गरी कारवाही गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्याम वावु वलियाले रास्कोटको घटनालाई राजनितिक रुप दीन नहुने र आफुले घटनामा संलग्नलाई तुरुन्त कारबाही गर्ने वलियाले जानकारी दीनु भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *