नरहरिनाथ गाउँपालिकाका वाढीपहिरो पिडितलाई राहत वितरण

कर्ण कुमाल कालीकाेट जिल्लाको नरहरिनाथ गाउँपालिकाका वाढीपहिरो पिडितहरुका लागि राहत वितरण गरिएको छ ।
गत साउन १३ गते राति आएको बाढीपहिरोमा परि ज्यान गुमाएका तथा घरबार विहिन भएकाहरुका लागि गाउँपालिकाले राहतका सामग्रीहरु वितरण गरेको छ ।मृतक परिवारहरुका लागि प्रति घरधुरी ३० केजी ५ बोरा चामल,दाल, तेल, त्रिपाल, कम्बल (ब्लांकेट)  लगायतका दैनिक उपभोग्यका सामग्रीहरु वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिनुभयो ।

गाउँपालिकामा करिब ८९५ घरपरिवारहरु पहिरोबाट प्रत्यक्ष प्रभावित भएपछी अति जोखिम र सामान्य जोखिममा रहेका घरघुरीहरुको अवस्थाको पहिचान र पिडितहरुको प्रकृति हेरी राहतका सामग्रीहरु वितरण गरिएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *