सामाजिक क्षेत्रमा कामगदै आइरहेको हुरेन्डेक नेपाल २४ औँ वर्षमा प्रवेश ।।

लामो समयदेखि समाजिक क्षेत्रमा काम गदै आइरहेको मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट २३ वर्ष पुरा गरि २४ औँ वर्षमा प्रवेश गरेको छ । आफनो स्थापना कालको अवसरमा कार्यालयको सभाहलमा गरिएको एक कार्यक्रममा वार्षिक उत्सव मनाइएको छ ।हुरेन्डेक नेपालका कोषाध्यक्ष दिपिल कुमार शाअहकिो सभाअध्यक्षतामा भएको वार्षिक उत्सव समारोहमा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तथा किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे, लगायत पत्रकार कर्मचारि संचालक समितिका सदस्यहरुको सहभागितामा वार्षिक उत्सव मनाइएको छ ।वार्षिक उत्सवमा हुरेन्डेक नेपालले २३ वर्ष सम्म कालिकोट जिल्लाका विभिन्न क्षेत्रमा कामगदै आएर अहिले बालवालिका, युवा, वातावरणि क्षेत्र, महिला र जन्ताका जनजिविकाका क्षेत्रमा काम गदै आइरहेको जानकारि गराइएको थियो । साथै कार्याक्रममा हुरेन्डेक नेपालले अहिले पनि विभिन्न परिस्थिति, र काल खण्डमा होस वा विपदको समयमा राहत प्रर्दान गदै आइरहेको सहभागिले बताएका थिए ।कार्यक्रममा, तुलाराम पाण्डे, कालि बहादुर मल्ल ,पत्रकार भरतराज विस्ट, नमराज योगि, पे्रमराज सिम्खाडा, पुष्पराज भटराईले संस्था २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिएका दिए । लामो समयदेखि हरेन्डेक नेपालले समाजिक क्षेत्रका गरेको कामको प्रशंसा समेत गरेका थिए ।हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाहीले नेपालका सशक्त दन्दको वेला पनि सामाजिक क्षेत्रमा गरेको सेवा प्रति सम्मान गदै, अझै थप प्रगतिको कामना समेत गरेका थिए । कार्यक्रममा, हरेन्डेक नेपाल द्धारा संचालित विभिन्न परियोजनामा कार्यरत कर्मचारिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *