“विपद ब्यवस्थापन कार्यविधि अनुसार उचित राहतको ब्यवस्था गर्ने अध्यक्ष बम “

कालीकोट जिल्ला पलाँता गाउँ पालिका वडा नंः ८मा साउन १५ गते बाढि पहिारोमा परि ज्यान गुमाएका कलम रोकायाका साथै कालिकोटका अन्य गाउपालीकामा अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो बाट भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त संगै बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने प्रति अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाले विज्ञप्ति मार्फत श्रद्धाञ्जली व्यक्त गरिएको छ।
पीडितहरूको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल हुने उद्धारमा सक्रियतापूर्वक सबैलाई जुट्न बिज्ञप्ती मार्फत जानकारी दिनु भयो । साथै वेपत्ताहरुको खोजी र धन सम्पति गुमाएर साहारा विहिन नागरिकहरुको लागी राहत तथा उद्धारका लागि सबै तहका सरकार एबं संबद्ध सबै सरोकारवाला लाई आग्रह गर्नु भयो ।साथै पलाता गाउपालीका वडा नंः ८ का कलम रोकायालाई विपद ब्वस्थापन कार्यविधि अनुसार उचित राहतको ब्ववस्था गर्ने विज्ञप्ति मा उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *