मुख्यमन्त्री शाही गृह जिल्लामा ,बाढी पहिरोको क्षति अनुगमन गर्न ।।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही बाढी र पहिरोको क्षति अनुगमन गर्न गृह जिल्ला कालिकोट पुग्नु भएको छ । केही दिन यताको अबिरल वर्षाका कारण मुख्यमन्त्रीको गृह जिल्ला कालिकोटमा बाढी पहिरोमा परेर ७ जना बेपत्ता भएका छन भने १४ जनाको मृत्यु भएको छ । निरन्तर बाढी र पहिरोले क्षति हुने क्रम नरोकिए पछि संघिय राजधानी काठमाण्डौमा रहनु भएका मुख्यमन्त्री शाही हेलीकोप्टर मार्फत सिधै गृह जिल्ला पुग्नु भएको हो । पहिरोमा परि बेपत्ता र मृत्यु हुनेको संख्या कालिकोटमा २१ पुगेको छ भने सयौ नागरिक घरवार बिहिन भएका छन सयौ पशु चौपाया मरेका छन भने बाटोघाटो पुलपुलेसा भत्किएर आवतजावतमा कठिनाइ भएको छ ।

  बाढी र पहिरोले बिक्षिप्त बनेका नागरिकलाई भेटघाट गरि पिडितको अबस्था बुझ्न गृह जिल्ला पुगेका मुख्यमन्त्री शाहीले मौशमले साथ दिएसम्म ठुलो मानवीय क्षतिभएको कालिकोटको रास्कोट नगरपालिका १ ,नरहरीनाथको वडा नं ७ दागा सान्नी त्रिर्बेणी ६ मा पर्ने पोरीबन आएको बाढीले घर भत्कीदा शुक्रबार बिहान कालिकोटको सान्नीत्रिर्बेणी ६ मा दुइ जनाको मृत्यु भएको घटनाका पिडीत रास्कोटको सान्तिघाट लगाएतका क्षेत्रको अवलोकन भ्रमण गर्नु हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढीको अबस्था बुझे पछि मुख्यमन्त्री शाहीले जिल्ला स्थित दैबि प्रकोप उद्धार समितिलाई आबश्यक निर्देशन गर्ने बुझीएको छ । बाढीले घर बगाउदा सान्नित्रिर्बेणी ६ नं वडा की वर्ष ३० की तारा संज्याल र ५५ वर्षका प्रशुराम संज्यालको मृत्यु भएको थियो भने । बिहिबार बेलुका महावै गाउँपालिका ७ मा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको थियो । चार जना वालक घाईते भएका थिए । महावै गाउँपालिका कोटवाडा गाउँमा बुधवार दिउसो घरमाथी बाट पहिरो आउदा घर पुरिएर महावै गाउँपालिका ७ का सुर्ज महताराका छोरा १० वर्षिया गणेश महतारा र टेकराज भण्डारीका ५ वर्षिया छोरी भावना भण्डारीको मृत्यु भएको थियो । प्रहरीका अनुसार ४ जना वालवालिका गम्भिर घाईत भएका छन । घाईतेहरुको अवस्था गम्भिर रहेको छ ।

  यसैगरि कालिकोटमा पहिरो ठुलो मानविय क्षति भएको छ । सोमबार नरहरीनाथ गाउपालिका ७ र ४ मा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको थियो भने आइतबार नरहरीनाथ ८ का १६ वर्षिया पारस भण्डारा र रास्कोट नगरपालिका १ का ७ जना र खाडाचक्र ५ कि अविसरा शाही वेपत्ता भएका थिए । बाढी र पहिरोले ठाउँठाँमा सडक , पुलपुलेसा बगाएकाले आवतजावत पनि कठिन भएको छ । वर्षाले पहिरो जादा सुर्खेत जुम्ला राजमार्ग र कर्णाली करिडोर पनि अबरुद्ध भएको छ । बाढीले पोदमारा साना जलबिद्युत आयोजनाको क्यानेल बगाए पछि जिल्ला अन्धकार भएको छ । यी सबै अबस्थाका बिषयमा मुख्यमन्त्रीले अनुगमन गर्ने बताइएको छ । भ्रमण पछि प्रदेश राजधान िपुगेर मुख्यमन्त्रीले आबश्यक निर्णय लिने बुझीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *