रास्कोट नगरपालिका वडा नं ३ को सागटियाँ गाउँ पहिरोको उच्च जोखिममा

कर्ण कुमाल कालीकोट जिल्ला रास्कोट निरन्तरको अबीरल वर्षाले रास्कोट नगरपालिका वडा नं ३ को सागटियाँ गाउँ पहिरोको उच्च जोखिममा रहेको आवजात रोकीएयोको छ । राति सागटियाँ गाउँको तलवाट भिषण पहिरो आउदा गाईभैँसि राख्ने गोठ, खरक र पानि घट्ट लिनुका साथै सयौँ विगाजमिन पहिरोले लिएको वडाध्यक्ष देउसिंगे कुमालले बताउनु भयो । गाउँनै पहिरोको उच्च जोखिममा हुँदा वडा पालिका द्धारा खोला नजिकैका १० वटा घरलाई सुरक्षित स्थानमा सारिएको वडाअध्क्ष कुमालले जानकारि दिए ।

२०५८ मा आएको भिषण पहिरोले मानविय क्षति नगरेपछि गोठखरक देखि पशुचौपाय र सयौँ विगा जमिन लगेको थियो । फेरि निरन्र्तरको वर्षाले पहिरो फुट्न सुरु हुँदा गाउँनै त्रायासमा रहेको बडा सदस्य दङगली सार्कीले बताए । उनले भने, ‘ दिनमा अन्तै ठाउँमा जान्छौ, रातिको वेला पहिरोको डरले, सवै गाउँले जमघट भएर एकैठाउँमा त्रायासै त्रायासमा वस्छौ,। स्थानिय तहको वजेटले पहिरोको नियन्त्रण गर्न नसक्ने भन्दै पटक पटक प्रदेश र संघिय सरकार संग गाउँनै उप्केर वृहत तटवन्दनको माग गर्दा अहिले सम्म योजनानै नपरेको उनले बताए । सानो बजेटले पहिरो नियन्त्रण गर्न नसक्ने भन्दै प्रदेश सरकार संग पहिरो नियन्त्रणको लागि फेरि पनि ध्यानआकर्षण गर्नेे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *