बाढि पहिरोले पुगेको क्षती प्रति पलाँता अध्यक्षको बिज्ञप्ति मार्फत चिन्ता ब्यक्त

कालीकोट जिल्ला नरहरिनाथ गा.पा वडा नं. ७ का गंगे बुढा को घर भत्किदा ६५ वर्षिया गंगे बुढा उनकी श्रीमति नैना बुढा बुहारी वर्ष २४ कि सीता बुढा नाती डेढ वर्षका चरित्र बुढा नातीनि वर्ष १० कि चन्द्रीका बुढा नाती ७ वर्षका राम बुढा र विमला बुढाको मुत्यु भएको छ ।त्यस्तै नरहरीनाथ गा।पाका वडा नं. ४ को गोठीमा बाले बुढाको घर भत्कीदा उनि र उन्का श्रीमति मुना बुढाको पनि मृत्यु भएको छ । बाढिले घर बगाउदा रास्कोट नगरपालीका वडा नं १ का वर्ष ५० का जय ब। शाही पनि मृत्यु भेटिएका छन ।गत आईतबार देखिको अविरल वर्षाका कारण १२ गते राति रास्कोट न.पा वडा नं. १ को तुसार खोलामा आएको बाढीले घर बगाउदा रास्कोट न।पा वडा नं. १ का वर्ष १५ कि संगीता शाही वर्ष १२ कि कौशी शाही वर्ष ८ का नविन शाही वर्ष १५ कि अस्मीता शाही साथै शान्नीत्रीवेणी ७ कि वेल्पुरा शाही वेपत्ता रहेको समाचार सम्पे्रसण पछी जिल्लाको तिलागुफा न।पा वडा नं. ८ को टाकुल्ला खोलामा बाढीमा परि खाँडाचक्र नगरपालिका वडा नं. ५ कि वर्ष ५८ कि अविसरा शाही वेपत्ता भएकि छन ।

     यसै महिनाको १२ गते नरहरीनाथ गा.पा वडा नं. ८ का वर्ष १८ का पारस भण्डारा खुलालुमा पहिरोमा परि बेपत्ता भएका छन । पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाले विज्ञप्ति मार्फत अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो बाट भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त संगै बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
पीडितहरूको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल हुने उद्धारमा सक्रियतापूर्वक सबैलाई जुट्न बिज्ञप्ती मार्फत जानकारी दिनु भयो । साथै वेपत्ताहरुको खोजी र धन सम्पति गुमाएर साहारा विहिन नागरिकहरुको लागी राहत तथा उद्धारका लागि सबै तहका सरकार एबं संबद्ध सबै सरोकारवाला लाई आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *