नरहरीनाथ गाउपालीका बडा न ७ मा बाढि र पहिरो दर्जनौ मान्छे बेपत्ता

कालिकोटको नरहरीनाथ गाउँपालिकामा गए रातिको अबिरल वर्षा पछिको बाढि पहिरोले ठुलो जनधनको क्षेति भएको छ । गाउँपालिकाको वडा नं ७ को बादामा एक घर पुरीदा एकै घरका ११ जना परिवार मध्य सात जना पुरीएका छन । पुरिएका मध्य अहिले सम्म ६ जना बेपत्ता छन । भने एक जनाको गंम्भिर अबस्थामा प्रहरीले उद्धार गरेको छ । बादामा रहेको बेपत्ता घर मुुली गंगे बुढाको घर भत्कीदा उनका श्रीमती सहित नावालक छोराछोरी, नाती नातीना र बुहारी बेपत्ता भएका छन । उनको घरका ४ जना सकुसल रहेका छन । नरहरीनाथ वडा नं ७ बादाका ६५ वर्षका गंगे बुढा निजकी श्रमती नैना बुढा, बुहारी २४ वर्षकी सिता बुढा, नातीनी १० वर्षकी चन्द्रीका बुढा, नाती ७ वर्षका राम बुढा, नाती डेढ वर्षको चरित्र बुढा बेपत्ता भएको कालिकोट प्रहरीले जनाएको छ ।

घरमा पुरीएका घाइते बिमला बुढाको गंंम्भिर अवस्थामा उद्धार गरी कुमलगाउँमा रहेको प्राथमिक स्वस्थ्य सेवा केन्द्रमा ल्याइएको नरहरीनाथ गाउँपालीका उपाध्यक्ष मनसोभा बुढाले रेडियो प्रदेश आवाजलाई जानकारी दिनु भयो । उहाँका अनुसार नरहरीनाथ गाउँपालिकाका बिभिन्न ठाउँमा गएको पहिरोमा परि १० जना भन्दा बढि बेपत्ता भएको र अजै ठाउँठाउँमा प्रहरी र युवा स्वयंम सेवक परिचालन गरेर रिपोर्ट संकलन गर्ने र उद्धारका कामहरु भइरहेको जानकारी दिनु भयो । उहाँका अनुसार नरहरीनाथ गाउँपालिकाको वडा नं ४ को गोठिमा रहेको बाले बुढाको घर भत्कीदा उनी र उनका श्रीमती मना बुढा पनि बेपत्ता भएका छन । त्यस्तै वडा नं ४ कै माथिल्लो भाग लेखमा बाख्रा पालन गरि रहेका रत्न भण्डारा र र उनकी श्रीमती कुन्का भण्डारा पनि घर भत्कीदा तिस बाख्रा सहित बेपत्ता भएको खबर छ । उपाध्यक्ष बुढाका अनुसार साबिक रुप्सा नरहीनाथ ५ को भाटगाउँमा प्रेम बुढा र धन बहादुर बोगटीको घर भत्केर लाखौको धनमाल सबै क्षेति भएको छ । बाढिले गोठ बगाउदा रुप्साकै नन्द सहकारीको एक भैसी पनि बगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *