कालिकोटमा बाढि र पहिरोले ठुलो जनधनको क्षति भएको भन्दै समन्वय प्रमुखद्धारा बिज्ञप्ती मार्फत राहत र उद्धारकार्यमा जुट्न सबैलाइ आग्रह,

कालिकोटमा बाढि र पहिरोले ठुलो जनधनको क्षति भएको भन्दै समन्वय प्रमुखद्धारा बिज्ञप्ती मार्फत राहत र उद्धारकार्यमा जुट्न सबैलाइ आग्रह, नौ जना मृत ,जिल्लाभर ७ जना अजै बेपत्ता श्रावण महिनाको ११ गते देखिको अविरल वर्षाका कारण कालीकोट जिल्लाका विभिन्न स्थानहरुमा गएको बाढी पहीरोका कारण ठुलो धनजनमा क्षेति हुन गएकोमा दुख ब्यक्त गर्दै जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले बिज्ञप्ती मार्फत दुख ब्यक्त गर्नु भएको छ । अविरल वर्षाका कारण गएको बाढी र पहिरोले घर सम्पति बगाए पछि धेरै नागरिकहरुले घरवार विहिन हुनु परेको भन्दै दुख ब्य   गरिएको हो । दर्जनौ नागरिकहरु बाढीमा परि बेपत्ता भएको समेत बिज्ञप्तीमा उल्लेख छ ।

       गत आईतबार देखिको अविरल वर्षाका कारण १२ गते राति रास्कोट न.पा वडा नं. १ को तुसार खोलामा आएको बाढीले घर बगाउदा रास्कोट न.पा वडा नं. १ का वर्ष १५ कि संगीता शाही वर्ष १२ कि कौशी शाही वर्ष ८ का नविन शाही वर्ष १५ कि अस्मीता शाही साथै शान्नीत्रीवेणी ७ कि वेल्पुरा शाही वेपत्ता रहेको समन्वय प्रमुख अनिपाल शाहीद्धारा अस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ । जिल्लाको तिलागुफा न.पा वडा नं. ८ को टाकुल्ला खोलामा बाढीमा परि खाँडाचक्र नगरपालिका वडा नं. ५ कि वर्ष ५८ कि अविसरा शाही वेपत्ता भएकि छन । यसै महिनाको १२ गते नरहरीनाथ गा.पा वडा नं. ८ का वर्ष १८ का पारस भण्डारा खुलालुमा पहिरोमा परि बेपत्ता भएका छन ।

उनिहरुको खोजिकार्य तिब्र पार्न सम्बद्ध सरोकारवाला सबैको ध्यानर्कषण गरीएको छ । श्रावण १३ गते रातीको अविरल बर्षाका कारण कालीकोट जिल्ला नरहरिनाथ गा.पा वडा नं. ७ का गंगे बुढा को घर भत्किदा ६५ वर्षिया गंगे बुढा उनकी श्रीमति नैना बुढा बुहारी वर्ष २४ कि सीता बुढा नाती डेढ वर्षका चरित्र बुढा नातीनि वर्ष १० कि चन्द्रीका बुढा नाती ७ वर्षका राम बुढा र विमला बुढाको मुत्यु भएको छ । त्यस्तै नरहरीनाथ गा.पाका वडा नं. ४ को गोठीमा बाले बुढाको घर भत्कीदा उनि र उन्का श्रीमति मुना बुढाको पनि मृत्यु भएको छ ।

      बाढिले घर बगाउदा रास्कोट नगरपालीका वडा नं १ का वर्ष ५० का जय ब. शाही पनि मृत्यु भेटिएका छन । मृतकहरु प्रति जिल्ला समन्वय समितिकालीकोटले श्रदान्जली व्यक्त गर्दै बिज्ञप्ती प्रकाशीत गरेको हो । घाईतेहरुको उद्धार र उपचारका लागि जिल्ला समन्वय समितिले माथिल्लो निकायहरु संग नियमित सम्पर्क समन्वय गरि पहल गरिरहेको जानकारी समेत समन्वय प्रमुख अनिपाल शाहीले बिज्ञप्ती मार्फत जानकारी दिनु भयो । साथै वेपत्ताहरुको खोजी र धन सम्पति गुमाएर साहारा विहिन नागरिकहरुको लागी राहत तथा उद्धारका लागि सबै तहका सरकार एबं संबद्ध सबै सरोकारवाला लाई आग्रह गरएिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *