रास्कोटमा ठुलो पहिरो ,एकै घरका ५ जना बेपत्ता ।।

कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं १ बडल्तोलामा रहेको गङ्गेखोलामा आएको बाढीमा परि ५ जना बेपत्ता भएका छन् ।
अविरल वर्षासंगै आएको बाढीले घर बगाउदा एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । रास्कोट नगरपालिका–१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय टेके टमट्टा, नया तिरुवा, जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन् । ३ किलोमिटर भन्दा माथिबाट आएको पहिरोले घर बगाउदा घरमा भएका ५ जना बेपत्ता भएका हुन् । अहिले पनि वर्षा भइरहेको छ, पहिरो आइरहेको छ त्यस ठाउँमा जान सकिएको छैन् हामीले खोजि कार्य गरिरहेका र्छौ तर सकिरहेका छैर्नौ नेपाली काँग्रेसका नेता दानबहादुर बमले भने, अहिले प्रहरी रास्कोट नगरपालिका र स्थानीयले खोजि गरिरहेका र्छौ ।
राति घरको माथिवाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएको नेपाली काँग्रेसका नेता दानबहादुर बमले बताए । अहिले वेपत्ताको खोजी कार्यका लागि प्रहरी प्रशासन, नगरपालिका, स्थानीयलगायतले खोजिकार्य गरिरहेका छन् । यस्तै वर्षाले जिल्लाको नरहरिनाथ गाँउपालिका खुलालुमा पनि पहिरोमा परि थप एकजना वेपत्ता भएका छन । उनको पनि खोजिकार्य भरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *